खोज–अनुसन्धान

शिक्षकको १३ हजार पदकालागि विज्ञापन आज खुल्दै



काठमाडौं१३-पुस/ शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ ।

इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् । परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगका एक अधिकारीले बताए । आयोगले यसअघि माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक र निमावि तहको लागि दुई हजार ५९८ पदका लागि विज्ञापन गरिसकेको छ ।आयोगले आगामी चैतमा सबै तहको लाइसेन्स परीक्षाका लागि विज्ञापन गर्ने गृहकार्य गरिरहेको जानकारी दिएको छ 

प्रकाशित : १४ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६