अर्थ-वाणिज्य

एयरपोर्टलाई लक्षित गरेर ५७ करोड लगानीको होटलको सेवा शुरु




बुटवल १५ पुस, । ब्यापारीक शहर रुपन्देहीको तिलोत्तमा ५७ करोड लगानीमा द एस आर होटल एन्ड इभेन्टस् प्रालि सञ्चालनमा आएको छ ।आफ्नै स्वामित्वको १२ कठ्ठा जग्गामा ६ जनाको सामूहिक लगानीमा सुविधासम्पन्न ३२ कोठासहितको होटल सञ्चालनमा आएको हो । भूकम्प प्रतिरोधी ६ तले भवनको होटलमा ५०० जना क्षमताको जल्सा बहुउद्देश्यीय हल, ग्राउन्ड फ्लोरमा जम्बालय फाइन डाइनिङ रेस्टुरेन्ट लगायतका सुविधा रहेका अध्यक्ष होमकान्त बस्यालले बताए ।

‘सम्भव छ आफ्नै भूमिमा, अथिति देवो भव’ नारासहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर सञ्चालनमा ल्याइएको होटलमा ५ वर्ष भित्र कोठाको संख्या १०० वटा पुर्‍याउने तथा १० वर्षभित्र ७ वटै प्रदेशका राजधानीमा शाखा विस्तार गर्ने लक्ष्य रहेको सञ्चालक टेकनाथ बस्यालले बताए।पर्याप्त पार्किङ रहेको होटलको छैठौं तल्लामा ओपन रुफटप रेस्टुरेन्ट रहेको र त्यहाँबाट लुम्बिनी र भारतको नौतनवासम्म अवलोकन गर्न सकिने सञ्चालक बस्यालले बताए । ४५ जनालाई प्रत्यक्ष रोजगारी दिएको होटलले छिटै स्विमिङपुल, जिम, स्पा सेवालाई शुरु गर्ने अर्का सञ्चालक केशव भण्डारीले बताए ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६