ब्रेकिंग न्युज

भेरी अस्पतालको क्वाटरमा चार जनाको मृत्यु



बाँके १५ पुस । नेपालगन्जस्थित भेरी अस्पतालको कर्मचारी क्वाटरमा चार जनाको रहस्यमय मृत्यु भएको छ। अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको हो।अस्पतालको स्टोर शाखामा कार्यरत कर्मचारी धनप्रसाद भट्टराई, उहाँका बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराई, तीन महिनाका छोरा इप्सन भट्टराई र सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँहरु एउटै कोठामा सुत्नुभएके थियो । चिसोमा आगो बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रजिअ खत्रीले आफू घटनास्थलमा पुगेर फर्केको बताउनुभयो ।

‘म पनि घटनास्थलमा पुगेर फर्किए, मृत्युको आशंका निसास्सिएर भएको हुन सक्ने आशंका छ, विस्तृत कुरा त पोष्टमार्टम रिपोर्टले नै बताउँला,’ उहाँले भन्नुभयो । भट्टराईसहित उक्त क्वाटरमा ७ जना रहेका थिए। चार जनाको मृत्यु भएपनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका छन् । तीन जना मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रजिअ खत्रीले बताउनुभयो । मृतक भट्टराईकी पत्नी, अर्का छोरा र बहिनीको उपचार भेरी अस्पतालमा भइरहेको छ।बिहीबार बिहान करिव ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँकेका प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले घटनाको सुक्ष्म रुपले अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६