अर्थ-वाणिज्य

चार्टर एकाउण्ट सहित ५३ माथिमुद्धा : कपिलवस्तु सहकारीको १२ करोड ठगी प्रकरण अदालतमा




कपिलवस्तु १६ पुस ।तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारीको १२ करोड रकम अपचलन तथा हिनामिना मुद्दामा चाटर्ड एकाउन्टेन्ट समेत तानिएका छन । बचतकर्ताको रकम हिनामिनापछि अदालतमा सहकारी समिति र कर्मचारीहरु गरी ५३ जना बिरुद्ध संगठीतरुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिना ठगी गरेको तथा संगठीत अपराध मुद्दा एक बर्ष देखि चलीरहेको छ।
अदालतका न्यायधिश खिमानन्द भुसालको ईजलासले लेखा निरीक्षण प्रतिबेदन तयार गर्ने बीपी सिंह एन्ड एसोसिएट्स लाई हाजिर हुन निर्देशन दिएको श्रेस्तेदार सुमन पाण्डेयले बताए । जिल्लाको तौलिहवा स्थित २ लेखा परिक्षकले सहकारीको लेखा परिक्षण प्रतिबेदन तयार पारेपछि बिपि सिंहले सही गर्ने गरेको सहकारी श्रोतले जनाएको छ । चार्टर एकाउन्टेन्टलाई सरकारी वकिल कार्यालय मार्फत अदालतमा उपस्थित हुन ओदश भएको श्रेस्तेदार पाण्डेयले बताए । बैक तथा बित्तिय संस्थामा रकम अपचलन भएको यो जिल्ला कै सबैभन्दा ठ्लो कान्ड हो । यस्तै सहकारीले कारोवार गर्दै आएका १५ वटा बैकमा रहेका खाता नम्बर र वासलातको विवरण समेत पठाउन आदेश भएको छ ।
बैक अफ काठमाण्डौ बुटवल, राष्ट्रिय बाणिज्य बंैक ,कृषि विकास बंैक लि, कल डिपोजिट, नेपाल ईन्टरनेशनल बैक अफ भैरहवा, एभरेष्ट फाईनान्स भैरहवा, एभरेष्ट बैक लि भैरहवा, लक्ष्मी बैक भैरहवा सिद्धार्थ बैक लि बुटवलमा रहेको खाताको बिवरण माग गरिएको छ । यस्तै एभरेस्ट फाईनान्स लि रेमिटेन्स तौलिहवा, मेघा बैक, एभरेस्ट फाईनान्स लि तौलिहवा, एभरेस्ट बैक तौलिहवा, तिनाउ मिशन डिभलोपमेन्ट बैक तथा आईएमईका अप्रेशन सेवामा भएका खाता नम्बरहरुको बिवरण अदालतले माग गरेको हो । सहकारीमा रकम अपचलन भएको आरोपमा ४ जना कर्मचारीहरु राजेश कुमार कान्दु , श्रवण कुमार तेली, अबिनाश पाण्डेय र राकेश ठाकुर पुर्पक्षकालागि कारागारमा थुुनामा छन ।
यस्तै ५३ जना मध्ये एक जना आरोपी राम केवल मिश्राको मृत्यु भई सकेको छ । ३ जना बिदेशमा रहेको आरोपीको मद्दा मुल्तबीमा राखिको छ । ढाई बर्ष अघि रकम अपचलनको कान्ड बाहिर आए पनि प्रहरीले अनुसंधान पछि २०७७ पुस १२ गते मात्र मुद्दा दर्ता गरेको थियो । सो हिनामिनामा २०६६ साल यताका कर्मचारी र कार्य समितिका पदाधिकारी, कर्मचारीहरु मुछिएका छन । अदालतले अधिकांसलाई धरौटी राखेर मुद्दाको फैसला नभए सम्मकालागि रिहा गरेको छ । सहकारीमा ११ करोड ९९ लाख ५३ हजार ८२६ रुपैया अपचलन भएको प्रहरी प्रतिबेदनमा छ ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६