जीवनशैली

खोरेतरोग बिरुद्ध बृहत्त खोप अभियान, डेढ लाखलाई लगाईने



कपिलवस्तु १६ पुस।कपिलवस्तुमा पशुहरुमा लाग्ने खोरेत रोग बिरुद्ध बृहद खोप अभियान संचालन गरिने भएको छ । भेटेनिरी अस्पताल तथा पशु सेवा बिज्ञको कार्यालयले तौलिहवामा राखेको खोरेत रोग उन्म्ुलन अभियान भयाक्सिनेटर अभिमुखीकरण गोठीमा सो जानकारी गराइएको हो । बिज्ञ केन्द्रका प्रमुख डाक्टर उत्तम आचार्यले कपिलवस्तुका १० पालिकामा रहेको १ लाख ५५ हजार पशुहरुलाई खोरेत बिरुद्धको भ्याक्सिन लगाईने बताए ।
अभियान २ महिना सम्म चल्ने र भ्याक्सिन लगाउन ६५ भ्याक्सिनेटर परिचालन गरिने उनले बताए । पशुहरुको खुर र मुखमा लागेर पशुहरु मर्दा कृषकहरुले क्षति ब्यहोर्दै आएका छन । महामारीकारुपमा रहेको खोरेत रोगको नियन्त्रण गरी क्षति न्युनीकरण गर्न सरकारी योजना अनुसार यो अभियान चलाइएको आचार्यले बताए । ‘ यो रोगले पशुहरु मर्दा कृषकहरुले धेरै घाटा ब्यहोर्दै आएका छन, त्यही घाटा कम गरी कृषकहरुलाई फाइृदा पुरेयाउन अभियान चलाएका हौ ’ उनले भने ।
अभियानकालागि लुम्बिनी प्रदेशको खाद्य प्रबिधि तथा भुमी ब्यवस्थापन मन्त्रालयबाट पहिलो चरणकालागि ७५ हजार डोज खोप जिल्लालाइृ प्राप्त भई सकेको आचार्यले बताए । सो अभियानसंगै बाख्राहरुमा लाग्ने पिपिआर, कखुरामा लाग्ने रानीखेत र पशुहरुमा लाग्ने भ्यागुते र चरचरे रोग बिरुद्धको खोप समेत संचालन हुनेछ । पालिकाहरुमा रहेको पशुहरुको संख्याका आधारमा सो रोग बिरुद्ध खोप पठाइने छ ।
पिपिआर १ लाखा ९१ हजार डोज, रानीखेत नौ हजार चरचरे र भ्यागुते रोग बिरुद्धका २७ हजार डोज खोप पठाईनेछ । उनले भ्याक्सिनेटरले सवल, सक्षम र प्रभावकारीरुपमा खोप लागनउनु पर्ने बताए । यस्तै सोही कार्यक्रमका बिच खाद्य तथा भुमी ब्यवस्थापन मन्त्रालयलको आयोजनामा खोरेत रोग एफडिएम तथ्यांक संकलन र एप कार्यान्वय सम्बन्धी तालिम संचालन गरिएको छ ।
मन्त्रालयका पशु विकास अधिकृत हुमानाथ पाण्डेयले खोर रोग बिरुद्ध लुम्बिनी प्रदेशका १० जिल्लामा अभियान चलाउन ६ लाख ५२ हजार डोज आएको बताए । उनले खारेत रोग नियन्त्रणकालागि प्रदेश मै बुहद अभियान बिगत बर्ष देखि नै संचालन हुदै आएको बताए । कार्यक्रममा प्राबिधिक अनिज श्रेष्ठले एपमा अुनसुची फारम भर्ने तरिका बारे जानकारी गराएका थिए ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६