खोज–अनुसन्धान

४ पालिकामा किशोरी सशक्तिकरण कार्यक्रमको अनुगमन



कपिलवस्तु १६ पुस ।बाल विवाह न्युनीकरणकालागि कपिलवस्तुका ४ पालिकामा रुपान्तरणकालागि संचालित किशोरी सशक्तिकरण कार्यक्रमको अनुगमन गरिएको छ । युएनएफपिएको सहयोगमा माहुरी होमले किशार किशोरीको सशक्तिकरणकालागि जिल्लाका ४ पालिका २० समुहलाई रुपान्तरण कक्षा संचालन गर्दै आएको छ । शिवराज नगरपालिका १ करैया स्थित नमुना किशोरी समुहकी सहजकर्ता अंगीता चौधरीले रुपान्तरण कक्षाले किशोरीहरु सचेत बनको बताईन ।
बिद्यालयको पढाइको समय बाहेक हप्ताको दुई दिन बाल बिवाह, लैगीक हिंसा, पोषण, नागरिक सहभागीता, खर्च आम्दानी लगायतका पाठ सिकेपछि उनीहरु सशक्त बन्दै गएका हुन । समहुमा सबै जसो थारु समुदायका बालिकाहरु छन । समहुकी अध्यक्ष मनिषा थारुले आफुहरु रुपान्तरण कक्षाले गर्दा धेरै कुराहरु सिक्न पाएको बताईन । सयमको सदुपयोग गर्दै जीवन उपयोगी सिप सहीत बाल बिवाह, महिला हिंसा लगायतका कुरा सिक्न र जान्ने मौका पाएको उनले बताईन ।
मेयर नेत्रराज अधिकारी, प्रमुख प्रशाकीय अधिकृत गणेश अर्याल वडाध्यक्ष जगत जिसी पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले अनुगन गर्दै कक्षाको निरीक्षण र अवलोकन समेत गरे । सो अवसरमा मेयर अधिकारीले रुपान्तरण भनेको परिवर्तन भएको भन्दै मानसिकरुपमा परिवर्तन भई मुल प्रवाहीकरणमा जाुन पर्ने बताए । वडाध्यक्ष जिसिले आफनो वडामा संचालन गरिएको रुपान्तरण कक्षाले किशोरीहरु लाभांवित भएको बताए । यस्तै सुद्धोदन गाउपालिका– ३ स्थित परिवर्तन किशोरी समुह, संघर्ष किशोरी जागरण समुह तथा वडा नम्बर ४ स्थित कन्या जागरण समुह, बिशाल किशोर समुहमा संचालित कक्षाहरुको समेत अनुमगन र निरीक्षण गरिएको छ ।
सुद्धोदन गाउपालिका वडा नम्बर २ का वडाअध्यक्ष मनोज कुमार यादवले रुपान्तरण कक्षाले पछि परेका दक्षिणी भेगका किशोर किशोरीहरु लाभांवित भएको बताए । उनले अहिलेको अवस्थामा यो कक्षा प्रभावकारी रहेको बताए । माहुरी होमले संचालन गर्न अघि यो समुहलाई नेपाल परिवार नियोजन संघले कक्षा संचालन गरेको थियो । कार्यक्रमका जिल्ला सुपरवाईजर रिखीराम निगमले सुद्धोदनमा १०, कपिलवस्तु नगरपालिकामा ६ र बिजयनग गाउपालिका र शिवराज नगरपालिकामा दुईदुई वटा सुमह मार्फत कक्षा संचालन भएको बताए । यो कार्यक्रमले किशोर किशोरीहरु जागरुक बनेको उनले बताए ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६