प्रदेश

नयाँ उचाईका साथ नीजि शिक्षण संस्थालाई सुदृढ गर्ने अध्यक्ष पाण्डेको प्रतिवद्धता




कपिलवस्तु १६ पुस ।कपिलवस्तुका नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशनको नव निर्वाचित कार्य समितिको पदभार ग्रहण गरिएको हो । प्याब्सन कपिलवस्तुमा नवनिर्वाचित अध्यक्ष सुन्दर पाण्डे सहितको टिमले पदभार ग्रहण गरेको हो । पौष ३ गते सम्पन्न ११ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेकोमा शुक्रबार भब्य समारोहका बचि पदभार ग्रहण कार्यक्रम गरिएको थियो । बाणगंगा स्थित पिस हिमालय रिसार्टमा निवर्तमान अध्यक्ष शिव गैरेले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई पदभार सुम्पनु भएको थियो । निर्वाचित समितिलाई निर्वाचन मण्डलका अधिकृत हुमनाथ पाण्डेले सपथ ग्रहण गराउनु भएको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष पाण्डेले नयाँ उचाईका साथ संगठनको काम अघि बढाउने वताउनु भयो ।
सो समारोहलाई संबोधन गर्दै मुलुकलाई समृद्ध बनाउन गुणस्तर शिक्षाको आवश्यकता पर्ने राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताउनु भयो । उहाले गुणस्तरीय शिक्षाको लागि बोडिङ्ग स्कुलको अहम भुमिका रहेको बताउनु भयो ।कपिलवस्तु जिल्ला आझै पनि शैक्षिक क्षेत्रमा पछाडी परेको बताउदै जिल्लालाई शिक्षा, स्वास्थ्य, राजनैतिक, आर्थिक र हरेक क्षेत्रमा अगाडी बढाउन आवश्यक रहेको तर्क गर्नु भयो । नेपालले अझै पनि शिक्षा क्षेत्रमा फड्को मार्न नसकेको बताउदै सरकारले जति शिक्षा निति परिवर्तन गर्नुपर्ने हो त्यसो हुन भने नसकेको उहाको भनाई छ ।
यस्तै लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले समाज रुपान्तरणमा योगदान पुयाउने शिक्षा अहिलेको आवश्यकता रहेको औल्याउनु भयो । गुणस्तरीय शिक्षाको खोजीमा अझै पनि जिल्ला बाहिर गएर अध्ययन गरिरहेको अवस्था रहेको बताउदै यसलाई रोक्न जिल्लामै गुणस्तरीय शिक्षा अघि बढाउन सबै आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनु भयो ।
प्याब्सनका केन्द्रिय सदस्य सरोज खनालले जरै देखि शिक्षा सुधार्न विद्यालय क्षेत्रबाट बन्चित रहेका बालबालिकालाई शिक्षा दिन सक्नु पर्ने बताउनु भयो । वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले कोभिडका बेला नीजी क्षेत्रका शिक्षण सस्था निकै समस्यामा परेपनि अव विस्तारै अनुकुल हुदै गएको तर्क गर्नु भयो । नगर शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले कोरोनाको बेला शिक्षालाई चलायमान गराउन प्याब्सनको ठुलो भुमिका रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्थ, नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पक्षाई, अनेरास्ववियु जिल्ला अध्यक्ष दयाराम पौडेल, प्याब्सन पुर्व अध्यक्ष डिल्लिराज भट्राई लगायले भनाई राखेका थिए । कार्यक्रममा शिक्षा अधिकृत खिमबाहादुर जिसि, स्थानिय पाठ्यक्रम संयोजक डमर शर्मा, बुद्ध आवाजका ब्यवस्थापक भेषराज पाण्डे,प्याब्सनका पुर्व अध्यक्षहरु, विभिन्न संघसंस्था बुद्धिजिविहरुको उपस्थिति रहेको थियो भने प्याब्सनका पुर्व अध्यक्ष्यहरुलाई सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष शिव प्रसाद गैरेको अध्यक्षयता र सुन्दर पाण्डेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सत्तचालन पदेश सचिवालय सदस्य कृष्ण प्रसाद भट्राईले गरेका थिए ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६