अर्थ-वाणिज्य

रुपन्देही व्यापार संघको अध्यक्षमा कृष्ण घिमिरे



बुटवल १७ पुस । रुपन्देही व्यापार संघको अध्यक्षमा कृष्ण घिमिरे निर्विरोध चयन भएका छन्।संघको २० औं वार्षिक साधारणसभा तथा एघारौं अधिवेशन अन्तर्गत हुने कार्यसमिति निर्वाचनका लागि शुक्रवार उम्मेदवारी मनोनयनको मिती तय गरिएकोमा अध्यक्ष पदमा बर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष घिमिरेको एकल उम्मेदवारी परेको छ।

यसैगरि वरिष्ठ उपाध्यक्षमा डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश ढकाल, द्वितिय उपाध्यक्षमा दिपक अधिकारी, महासचिवमा दयानिधि भण्डारी, कोषाध्यक्षमा नामदेव पाण्डे, सहसचिवमा ऋषिराम पाण्डेको मात्र उम्मेदवारी परेको छ ।

निर्वाचन तालिका अनुसार उम्मेदवारी दर्ताका क्रममा अध्यक्षसहित अधिकांश पदाधिकारी पदमा एकल उम्मेदवारी परेको छ भने कुल २९ सदस्यीय कार्यसमितिका लागि ४२ जनाको उम्मेदवार बनेका छन् ।संघको सचिव र सहकोषाध्यक्ष पदमा भने निर्वाचन हुने देखिएको छ। सचिवका लागि कृष्णप्रसाद अर्याल, प्रेमनाथ पाण्डे र फर्सुराम पन्त तथा सहकोषाध्यक्षमा मनिराम खनाल (मणि) र मिलन सुनारको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका अनुसार १६ जना सदस्यका लागि अर्जुनप्रसाद भट्टराई, खगुलाल गिरी, गिता भण्डारी खनाल, गेहेन्द्रराज न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल, झविन्द्र अधिकारी, तेजेन्द्र सापकोटा, नलराज नेपाल, न्यायमदिन मिया, ठाकुरप्रसाद आचार्य, तेजनारायण अर्याल, प्रकाशराज पौडेल, प्रकाश न्यौपाने, पिताम्बर ज्ञवाली, पिताम्बर अर्याल, मनहरि बस्याल, मनिमदिन मिया, माधवप्रसाद ज्ञवाली, मेघनाथ पौडेल, रितेश ज्ञवाली, लक्ष्मण ज्ञवाली, लोकनाथ पाण्डे, विनित भट्टराई, बालकृष्ण बस्याल, वृन्दा भट्टराई आचार्य र शोभा जोशी क्षेत्रीसहित २७ जनाको उम्मेदवारी परेको छ ।

यता संघमा सम्बद्ध सदस्यमा हरिबहादुर गहतराज, शाखा सदस्यमा सेमलारबाट पूर्णप्रसाद काफ्ले र सेमलार शाखाबाट सदस्यमा रेशमलाल उपाध्यायको उम्मेदवारी परेको छ ।

प्रकाशित : १७ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६