प्रदेश

कपिलवस्तुमा “प्रचण्ड र संघीय गणतन्त्र नेपाल” शिर्षकमा निबन्ध प्रतियोगिता हुने ।



कपिलवस्तु, १७ पुष । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी कपिलबस्तुले जिल्ला स्तरीय खुल्ला निबन्ध प्रतियोगिता गर्ने भएको छ । “प्रचण्ड र सँघिय गणतन्त्र नेपाल” शीर्षकमा जिल्ला स्तरिय खुला निबन्ध प्रतियोगीता मा वि ,उच्च मा वि तथा स्नातक तह सम्मका विद्यार्थीहरु सहभागी रहने गरि निबन्ध ३ हजार शब्दमा नघट्ने गरि आयोजना गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष हरिशचन्द्र खनालले बताउनुभयो । अनेरास्ववियु क्रान्तिकारीको जिल्ला बैठकले उक्त निर्णय गरेको हो ।

प्रतियोगितामा प्रथम पुरस्कार रु २० हजार बराबरको शैक्षिक सामाग्री प्रमाण पत्र तथा मेडल,द्धितीय पुरस्कार रु १० हजार बराबरको शैक्षिक सामाग्री प्रमाण पत्र तथा मेडल तृतीय पुरस्कार रु ५ हजार बराबरको शैक्षिक सामाग्री प्रमाण पत्र तथा मेडल सान्त्वना पुरस्कार ३ जनालाई रु ३ हजार बराबरको शैक्षिक सामाग्री प्रमाण पत्र तथा मेडल प्रदान गरिने छ ।

बैठकले कक्षा १ देखी कक्षा १२ सम्म अनिवार्य रुपमा शिक्षा निशुल्क गर्न माग गर्दै जिल्ला स्थित सबै स्थानिय तहका प्रमुखलाई ज्ञापन पत्र सहित माग गर्ने निर्णय गरेको छ । स्कुल तथा क्याम्पस स्तरमा सँगठन विस्तार अभियानलाई दु्रत गतिमा सञ्चालन गरी सदस्यता वितरण लाई प्रभावकारी रुपमा सन्चालन गरिने अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तुले जनाएको छ । बैठकले बिभिन्न ९ वटा निर्णय गरेको छ ।

प्रकाशित : १७ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६