अर्थ-वाणिज्य

कपिलवस्तु महोत्सवलाई लुम्बिनी प्रदेशकै सर्वोत्कृष्ट बनाइने



कपिलवस्तु १८ पुस ।

१२ औँ कपिलवस्तु महोत्सव नजिकिदैं गर्दा तयारी तीब्र रुपमा अघि बढेको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंले यहीँ माघ १२ गतेदेखि २३ सम्म सञ्चालन गर्न लागेको महोत्सवलाई भव्य रुपमा सफल पार्न तयारी तीब्र रुपमा अघि बढाएको हो ।अहिलेसम्म कम्पाउण्ड लगाउने काम पूर्ण रुपमा सकिएको र २-३ दिनभित्र स्टल बनाउने कामको थालनी गरिने कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए ।अहिले बुद्धको मूर्तिसहित २/३ वटा मूर्ति बनाउने काम सुरु गरिएको र महोत्सव सुरु हुनुभन्दा २/३ दिन अघि नै सबै काम सक्ने गरि तयारी तीब्र रुपमा अघि बढेको उनले बताए ।

अहिलेसम्म एघारौं महोत्सव सम्पन्न भईसकेको र सोही महोत्सवका अनुभवहरुलाई आत्मसात गर्दै लुम्बिनी प्रदेशकै सर्वोत्कृष्ट महोत्सव बनाउने उनले दाबी गरे ।पहिलेका महोत्सवभन्दा अहिलेको महोत्सवमा दर्शकहरुले ऐतिहासिक प्रवेशद्धार, शिवको मूर्ति, हिमाल, बुद्धको मूर्ति लगायत कृषिका स्टलहरु महोत्सवभित्र अवलोकन गर्न सक्ने उनले बताए ।महोत्सवमा विशेष गरि घरेलु उत्पादनलाई जोड दिईने उनको भनाई छ । कपिलवस्तुलाई लुम्बिनी प्रदेशकै पर्यटकिय ‘हब’ को रुपमा विकास गर्ने बताउँदै अध्यक्ष घिमिरेले महोत्सवमा २ लाख बढी दर्शक उतार्ने समेत दाबी गरे ।

महोत्सवमा कति रकम बराबरको कारोबार हुन्छ भन्ने विषय अहिलै भन्न सकिने अवस्था नरहेको बताउँदैं सबै जातजाती, धर्म, समुदायका मानिसहरु महोत्सवमा आई अवलोकन गर्न पाउन भन्ने आफ्नो चाहाना रहेको उनले बताए ।जिल्लामा रहेका उत्कृष्ट पर्यटकिय स्थलहरुको संरक्षण, संवद्र्धन गर्ने उद्देश्यका साथ तयारी अघि बढेको उनले बताए ।महोत्सवका संयोजक समेत रहेका घिमिरेले महोत्सवलाई सफल पार्न विगतमा सम्पूर्णको साथ सहयोग प्राप्त भएको र अब पनि त्यो साथले निरन्तरता पाउँने विश्वास व्यक्त गरे ।

महोत्सवलाई थप नयाँपन दिलाउँदै आकर्षणको केन्द्र बनाउँन सबै आआफ्नो ठाउँबाट लागी परेको महोत्सवका निर्देशक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरले बताए ।१२ औँ कपिलवस्तु महोत्सवलाई ऐतिहासिक र देशका अरु महोत्सव भन्दा भिन्न बनाउने गरि तयारी अघि बढिरहेको उनले दाबी गरे । महोत्सवमा विभिन्न जातजातीको परम्परागत भेषभूषा, संस्कृति झल्किने क्रियाकलाप, सेल्फी जोन, दशौँ कपिलवस्तु डान्स आइडल रहने तथा नेपालकै सबैभन्दा ठुलो स्टेज समेत बनाईने उनले दाबी गरे ।

संघले शनिबार बाणगंगा नगरपालिकाभित्रका २० बढी होटल व्यवसायीसंग छलफल गरेको हो । सो छलफलमा महोत्सव स्थलभित्र रहने होटल व्यवसायीहरुले उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विगतका महोत्सवमा २० बढी होटलका स्टलहरु रहदै आएको भएता पनि यस पटक मात्र १० वटा सुविधा सम्पन्न होटलमार्फत सेवा दिने होटल व्यवसायीहरुबीच सहमति भएको छ ।

होटल व्यवसायी संघ कपिलवस्तुका महासचिव रविन्द्र पौडेलले महोत्सव अवधिभर यस क्षेत्रका होटल व्यवसायीले एक ऐतिहासिक महोत्सवका रुपमा बनाउने बताए ।

छलफलमा कपिलवस्तु उद्योग बाणिज्य संघका पदाधिकारी लगायत निवर्तमान अध्यक्ष उमानाथ पौडेल, पूर्व अध्यक्ष विष्णुप्रसाद न्यौपाने, यज्ञप्रसाद भट्टाराई, मदिरा व्यवसायी संघ कपिलवस्तुका सन्देश कक्षपति लगायत बाणगंगाभित्रका २० बढी होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सघंले महोत्सवलाई सफल पार्न सघंले यस क्षेत्रका विभिन्न महत्वपुर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गर्दै आएको छ ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६