कपिलवस्तु १९ पुस । कपिलवस्तुमा संचालित निःशुल्क पाठेघर तथा पिसाब जाँच सम्बन्धी शिविरबाट १ सय ५० बढी लाभान्वित भएका छ ।जिल्लाको वाणगंगा नगरपालिका ४ ठाकुरापुरमा रहेको युनाइटेड नेशनल हस्पिटल प्रालीले आयोजना गरेको शिविरबाट डेढ सय महिलाले सेवा लिएका हुन् ।शिविरमा वाणगंगा नगरपालिकाबाट सबैभन्दा बढी महिला उपचारका लागि आएको अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले जानकारी दिनुभएको छ ।
अझै पनि धेरै महिलाहरुले आफुमा भएको रोगहरु लाज र संकोचका कारण लुकाउदा यसले बिकाराल समस्या निम्ताउने गरेको छ । आफुमा भएको समस्यालाई चेकजाँच नगर्दा समस्या आउने गरेको छ । यसैलाई मध्यनजर गरेर युनाइटेडले निशुल्क शिविर आयोजना गरेको आचार्यले बताउनुभयो ।शिविरमा लामो समयदेखि पाठेघरको समस्या, पिसाबमा खराबी, तल्लो पेट दुख्ने, महिनावारीमा समस्या, पाठेघर खसेका, पाठेघरको मुख सुन्निएको, महिलामा रगत धेरै बग्ने, जस्ता बिभिन्न समस्या भएका बिरामीलाई भिडियो एक्सरे तथा पिसाब जाच द्धारा निशुल्क चेकजाँच गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पूर्ण घर्तीले मायादेवी अनलाइन लाई बताउनुभयो ।समय समयमा पाठेघरको जाँच गराएमा पाठेघरको क्यान्सर लगाएतका रोगबाट बच्न सक्ने उहाले बताउनुभयो ।यता विरामीले अस्पताललाई निशुल्क सेवा प्रदान गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।
महिलाहरुलाई लक्षित गरि घरआगनमै स्वास्थ्य सेवा पाउँदा आफुहरु खुसी भएको उनिहरुले बताएका छन् । आगामी दिनमा समेत यस्ता शिविरहरु सञ्चालन गर्नुपर्नेमा उनिहरुको जोड छ ।यसअघि अस्पतालले हार्डजोर्नी, नसा तथा बाथ रोग सम्बन्धी निःशुल्क शिविर आयोजना गरेको थियो भने यहि पौष २८ गते गर्भवती महिलाको लागि निःशुल्क भिडियो एक्सरे र हेमोग्लोविन जाँच गर्दै छ ।अस्पतालले हरेक १०–१० दिनमा विभिन्न रोग सम्बन्धी निःशुल्क शिविर आयोजना गर्ने अस्पतालका अध्यक्ष मूनाराम चालिसेले बताउनुभयो ।जिल्लाकै सुविधा सम्पन्न युनाइटेड नेशनल हस्पिटल प्राली वाणगंगा नगरपालिका ४ ठाकुरापुरले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिइरहेको छ ।हस्पिटलमा अन्य दिनमा पनि जेष्ठ नागरिक, अपाङग तथा एकल महिलाको लागि निःशुल्क ओपिडी टिकटको ब्यवस्था रहेको छ ।
![No description available.](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t1.15752-9/270257922_215499820789169_5209220078398786994_n.jpg?_nc_cat=107&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=M8aYr6pEBRoAX9N4_74&_nc_ht=scontent.fbhr1-1.fna&oh=03_AVIZ5FVNGjBveDc3EyJ4zsIQpYheYszg0Qa78N8ErVbpdw&oe=61F6C3C1)
![No description available.](https://scontent.fbhr1-1.fna.fbcdn.net/v/t1.15752-9/270295634_449266273490610_8762247906981023363_n.jpg?_nc_cat=100&ccb=1-5&_nc_sid=ae9488&_nc_ohc=iRJGAuruf9cAX-se7B9&_nc_ht=scontent.fbhr1-1.fna&oh=03_AVI7hwxxGLXkv6aRq2Z2SSNsB-mnb9to7bJJpifJISod5A&oe=61F6C8C0)
प्रतिक्रिया