घोराही, २८ पुस। घोराही उपमहानगरपालिकाले आगामी माघ पहिलो हप्ता देखी भूमिहिन दलित, भूमिहिन सुुकुुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि जग्गा नाप र नक्सांकन गर्ने निर्णय गरेको छ ।आज बसेको १ सय १७ औँ कार्यपालिका बैठकले यही पुुस २४ गते राष्ट्रिय भूमि आयोग र घोराही उपमहानगरपालिका विच काठमाडौमा भएको कार्य सहमती सम्झौता अनुसार माघ पहिलो साता देखि काम थाल्ने निर्णय गरेको हो ।
जग्गा नापजाँच र नक्सांकनका लागि प्राविधिक टोली खटाउने समेत निर्णय भएको प्रबक्ता भरतमणी अर्यालले जानकारी दिएका छन।अहिले सम्म नगरमा १६ हजार १ सय ६४ वटा निबेदन दर्ता भएका छन् । यसैविच आजको कार्यपालिका बैठकमा उक्त निर्णय गर्दा ११ वटा वडाका वडा अध्यक्षहरु भने अनुपस्थित भएका छन् ।वडा नम्बर ३, ४, ५, ६, ८, १०, १२, १४, १५, १६ १७ का वडा अध्यक्षहरु र कार्यपालिका सदस्य डिल्ली नेपाली अनुुपस्थित रहेको प्रबक्ता अर्यालले जानकारी दिएका छन । ति अध्यक्ष र कार्यपालिका सदस्यहरुले नगरसभा पुनः बोलाउनुु पर्ने माग गर्दै बैठक बहिस्कार गरेको बुुझिएको छ ।








प्रतिक्रिया