अर्घाखाँची ६ माघ । अर्घाखाँची जिल्ला प्रशासनमा अबदेखि सेवा लिन आउने सबै सेवाग्राहीले कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने भएको छ । जिल्ला प्रशासनमा भोलि माघ ७ गतेदेखि सेवा लिन आउने सबै सेवाग्राहीले कोरोना अर्थात कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने भएको हो ।सेवाग्राहीको कार्ड बाहिर गेटमा चेक गरेर मात्र भित्र प्रवेश दिईनेछ । भने कार्ड नभएकाले सेवा पाउने छैनन् ।
उता जिल्ला प्रशासन अर्घाखाँचीले कोरोना संक्रमण बढ्दै गएको भन्दै स्थानीय तहलाई राहदानी, नागरिता, राष्ट्रिय परिचय पत्र जनजाती, दलित प्रमाणिकरण लगायतका सम्पूर्ण सेवाहरु आजदेखि आलोपालो दिन शुरु गरेको छ । प्रशासनले जारी गरेको सुचना अनुसार पाणिनी गाउँपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकाका सेवाग्राहीहरुलाई आईतवार, मंगलवार र विहिवारको दिन छुट्टाईएको छ । यस्तै मालारानी गाउँपालिका, सन्धिखर्क नगरपालिका र छत्रदेव गाउँपालिकाका सेवाग्राहीहरुलाई सोमवार, बुधवार र शुक्रवारको दिन छुट्टाईएको छ ।
कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । कार्यालयले बुधबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेक सेवा बन्द गरेको जनाएको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता÷नवीकरण, पेन्सन सिफारिस÷ प्रमाणित, नाबालक परिचयपत्रलगायत सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको बताए ।
६ माघ २०७८, बिहिबार
प्रतिक्रिया