पर्यटन

अर्घाखाँचीको सुपा देउराली मन्दिरको नयाँ नियम,मन्दिर बन्द पूजा र बलि ?




अर्घाखाँची ८ माघ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्ररुपमा फैलिएको कारण मन्दिरहरुमा भिडभाड हुनाले संक्रमण बढ्ने भन्दै देशका विभिन्न धार्मिक स्थल मठ हरुमा दर्शन गर्न रोक लगाएको छ । जस्को प्रभाव अर्घाखाचीको सन्धिखर्क ७ मा अवस्थित नेपालकै चर्चित धार्मिक स्थल सुपा देउरालीमा पनि आज मिती २०७८ माघ महिनाको ७ गतेका दिन देखि मन्दिरको मुल ढोका बन्द गरिएको छ । मन्दिरको ढोका बन्द गरिएता पनि मन्दिरमा दर्शन गर्ने भक्तजनको आवत जावत र नियमित हुने नित्यपुजा बलि दिने कार्य भने रोकिएको छैन ।

गृह मन्त्रालय बिपत ब्यवस्थापन समितीको सुचना अनुसार बन्द गरिएको हो भने अर्को सुचना नआउन्जेल सम्मको लागि मन्दिर बन्द रहने सबैमा जानकारी जारि गरेको छ । बिश्वब्यापी रुपमा कोभिड १९ को विभिन्न चरणमा विभिन्न प्रकृतीको रुपमा फैलिएको यस प्राण घातक भाइरसले धेरैको ज्यान लगेको र सो बाट बच्नको लागि राज्यले निरन्तर खोपको ब्यवस्था गरेको छ र संगसंगै स्वास्थ सुरक्षा मापदण्ड पालना गर्नुमा पनि जोड दिएको छ ।

प्रकाशित : ८ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६