जीवनशैली

शिक्षक पदमा बढुवा तर्फको विज्ञापन खुला,कस्तो उम्मेदवार योग्य हुँदैन ?



काठमाडौं- शिक्षक सेवा आयोगले बुधबार (आज ) शिक्षक पदमा बढुवा तर्फको विज्ञापन खुला गर्ने भएको छ । आयोगले बुधबार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका लागि बढुवा खुला गर्ने भएको हो ।जिल्ला विकास तथा समन्वय कार्यबाट प्राप्त भएको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका रिक्त दरबन्दीको विवरणको आधारमा ७५ प्रतिशत कार्य सम्पादन मूल्याङ्कनको आधारमा र २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक आधारमा वर्गीकरण गरी विज्ञापन खोल्ने तयारी गरेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिनु भयो ।

आयोगका अनुसार कार्य सम्पादन मूल्याङ्कन ९७५ प्रतिशत०तर्फ तीन तहको प्रथम र द्वितीय श्रेणीमा दुई हजार ६२२ पदमा बढुवाको लागि विज्ञापन खुला हुने र आन्तरिक प्रतियोगितात्मक ९२५ प्रतिशत०तर्फ तीनै तहको प्रथम र द्वितीय श्रेणीमा ८६७ पदको लागि बढुवा खुला हुनेछ ।आयोगको अनुसार आन्तरिक प्रतियोगितात्मक तर्फ ३० दिनसम्मको म्याद हुने र त्यसपछि दोब्बर दस्तुर बुझाएर थप सात दिन गरी फागुनको १९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तैगरी कार्य सम्पादन मूल्यांकनका लागि ३५ दिने म्याद फागुनको १७ गतेसम्म दरखास्त दिन सकिनेछ । आन्तरिक प्रतियोगितात्मक तर्फको परीक्षा चैत २१ गते आयोगले तय गरेको छ ।

आयोगको वेबसाइटमा भएको दरखास्त नमुना, सेवा प्रमाण सम्बन्धी कागजात, बढुवा प्रयोजनका लागि आवश्यक कागजात कसरी व्यवस्थित राखेर दिने भन्ने नमूना बुधबार राख्ने र त्यही अनुसार इच्छुक उम्मेदवारले दरखास्त सम्बन्धित जिल्लाको जिल्ला विकास तथा समन्वय इकाईमा दिन सक्ने आयोगका प्रवक्ता मरहठ्ठाले बताउनु भयो ।विगतमा शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्यांकनको फारमको लागि उम्मेद्वारले आफ्नै हिसाबले कागजपत्र राख्ने व्यवस्था गरेको थियो । तर यो वर्ष भने आयोगले आवश्यक कागजपत्रको लागि ‘शिक्षण अनुभव तथा अविछिन्न सम्बन्धी फारम’ विकास गरेर आयोगको वेबसाईटमा राख्ने व्यवस्था गरेको प्रवक्त मरहठ्ठाले बताउनु भयो । त्यसको अतिरिक्त उनले भने कसरी सिलसिलेवर तरिकाले राख्ने भन्ने पनि सूचनासँगै प्रकाशित गर्ने तयारी गरेको आयोगले जनाएको छ ।

त्यसको आधारमा उम्मेद्वारले हस्ताक्षर गरेर सम्बन्धित कार्यलयमा बुझाउनुपर्नेछ । र त्यो कागजात बुझ्ने व्यक्तिले भनिएका कागजात भए नभएको जाँच गर्दा ठिक छ भने अगाडी नै राईट लाउनुपर्ने र नभएको अवस्थामा क्रस गर्नुपर्नेछ । र रुजु गर्ने व्यक्तिले दस्तखत गर्नुपर्ने प्रावधान राखेको छ ।कार्यसम्पादन मूल्यांकनको आधारमा हुने बढुवा प्रयोजनको लागि दरखास्त दिने व्यक्तिहरुले आवश्यक कागजात पेश गरेको तर हरायो भन्ने उजुरी गर्ने परिपाटी भएकोले शुरुदेखि नै कडाई गर्नको लागि यस्तो व्यवस्था गरिएको प्रवक्ता मरहठ्ठाले जानकारी दिनु भयो ।आयोगका अनुसार प्राथमिक द्वितीयका लागि सात सय र प्रथमका लागि र निम्न माध्यमिक द्वितीयका लागि एक हजार आवेदन शुल्क तोकिएको छ । त्यस्तैगरी निम्न माध्यामिक द्वितीयका लागि र माध्यमिक द्वितीयका लागि एक हजार दुई सय शुल्क तोकिएको छ भने माध्यामिक प्रथमका लागि एक हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ ।

कस्तो उम्मेदवार योग्य हुँदैन

शिक्षक सेवा आयोगले गरेको यी दुवै विज्ञापनमा कुनै पनि शिक्षकले पाँच शैक्षिक सत्र नोकरी अवधि पूरा नगरेको अवस्थामा योग्य उम्मेदवार हुन पाउने छैन ।शिक्षा ऐन र शिक्षक सेवा नियमावलीले माध्यमिक तहमा विभिन्न विषय तोकिएको अंग्रेजी, गणित, विज्ञान, कार्यलय सञ्चालन लेखा, कम्प्युटर विज्ञान, इलेक्ट्रिकल इन्जिनियर, सिभिल इन्जिनियर, कानून र कृषि तथा बाली विज्ञानजस्ता विषयहरुमा तालिम नलिए पनि अध्ययन अनुमति पत्र लिन पाउने, माध्यमिक तहको खुल्ला प्रतिस्पर्धाबाट शिक्षक हुन पनि पाउने व्यवस्था छ । तर त्यस्ता शिक्षकहरुले १० महिने शिक्षक तालिम लिएका छैनन भने उम्मेद्वार हुन नपाउने आयोगले जनाएको छ ।

प्रकाशित : १२ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६