अर्थ-वाणिज्य

कपिलवस्तुका सामुदायिक विद्यालयलाई बिमा कम्पनीको सहयोग




कपिलवस्तु १५ माघ ।कोरोना महामारीका कारण दुई साता देखि बन्द भएका विद्यालयलाई लक्षित गरी स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर समिति कपिलवस्तुको आयोजना र नेको इन्सुरेन्सको सहयोगमा सामुदायिक विद्यालयहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।स्वास्थ्य सामग्री प्रदेश सभा सदस्य विष्णु पन्थीले एक कार्यक्रमका बीच सामुदायिक विद्यालयका प्रद्यानाध्यापकलाई हस्तान्तरण गर्नुभएको छ । सांसद पन्थीको पहलमा आफनो निर्वाचन क्षेत्र अन्तरगत रहेका सामुदायिक विद्यालयलाई नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगरसमितिको समन्वयमा ५० भन्दा बढि विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी पन्थीले विद्यालयको पठनपाठनमा सहजता ल्याउन र शिक्षण सिकाईलाई निरन्तरता दिन विद्यालयहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको बताउनुभयो । नेकपा एमाले लेखा आयोगका उपाध्यक्ष समेत रहनुभएका पन्थीले नेको इन्सुरेन्स र शिक्षक संगठनलाई धन्यवाद दिदै सामाजिक उत्तर दायित्व अन्तरगत सवै निकायले कोरोनाको अप्ठ्यारो परिस्थिती सहयोग गरी राम्रो सन्देश दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेको इन्सोरेन्सका सहायक महाप्रवन्धक रमेश थापाले आफनो इन्सोरेन्स कम्पनीले यस क्षेत्रका नागरिकलाई राम्रो सेवा दिइरहेको बताउदै सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयमा सहयोग गरेको बताउनुभयो
सहायक महाप्रबन्धक थापाले नेको इन्सुरेन्स कम्पनीले आगामी दिनमा कपिलवस्तुको लागि एम्वुलेन्स उपलब्ध गराउने र त्यसका लागि प्रदेश सांसद विष्णु पन्थीले आवश्यक समन्वय गर्नुभएको समेत बताउनुभयो । कार्यक्रममा वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश कमिटि उपाध्यक्ष जगन्नाथ मरासिनी, शिक्षा अधिकृत खिम बहादुर जिसी लगाएतले पूर्ण खोप सहित स्वास्थ्य मापदण्ड अपनाई अव चाडै नै विद्यालय संचालन हुने बताउनु भयो । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर समितिका अध्यक्ष धनु गाहा मगरको अध्यक्षता, उपाध्यक्ष बलराम पाण्डेको स्वागत तथा सहसचिव सरस्वती गौतमको संचालनमा सम्पन्न कार्यक्रममा शिक्षक संगठनका जिल्ला अध्यक्ष टिकाराम पौडेल, पूर्व अध्यक्ष रमेश पन्थी लगाएतको सहभागतिा रहेको थियो । ५० भन्दा बढि विद्यालयलाई दिइएको स्वास्थ्य सामग्रीमा सेनिटाइजर, माक्स, साबुन र हर्पिक रहेको थियो ।

प्रकाशित : १५ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६