जीवनशैली

अवको चुनावमा केन्द्रिय तहवाट गठबन्धन हुनै सक्दैन : शाह




भैरहवा । सत्ता गठबन्धन अवको चुनावमा कायम हुनै नसक्ने रुपन्देहीबाट प्रतिनिधि सभा सदस्य समेत रहेकासार्वजनिक लेखा सििमतीका सभापति भरत कुमार शाहले दावि गर्नु भएको छ । उहाले चुनाव सम्म गठबन्धन रहे पनि चुनावमा केन्द्रिय तहबाटै गठबन्धन नहुने स्पष्ट पार्नुभएको छ ।सार्वजनिक लेखा समितिका सभापति शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफुलाई मन लागेको मुद्दा मात्र चलाउने गरेको आरोप लगाउनुभयो । पोर्ट मिडिया प्रालीद्वारा आईतबार भैरहवामा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै शाहले अख्तियारले आफुले मन लाएको मुद्दा चलाउने र मन नलाएको नचलाउने र यो ठिक नभएको जिकिर गरनुभयो ।
सार्वजनिक लेखा समिति भनेको ऐनद्वारा नै परिकल्पना गरिएको संसदको समिति भएको र यसले मसिने गरि छानविन गरेर मात्रै कार्यवाहीको लागि अख्तियारलाई पठाउने गरको बताउनुभयो । पूर्व अर्थराज्य मन्त्री समेत रहेका शाहले नेपालमा तरलता अभाव भए पनि अन्य देश जस्तो अति कठिन परिस्थितिमा भने नरहेको बताउनुभयो ।एशियामै सबै भन्दा बढी कर नेपाल उठाउने गरेको बताउदै शाहले नेपालमा करिब ३–४ महिना पुग्ने बिदेशी मुद्रा पनि रहेकोले केही समस्या समाधान गरेको बताउनुभयो । स्थानिय तहहरुले पनि अब बिकास निर्माणका काम गर्न पूजिंगत खर्च गर्ने भएकोले छिट्टै नै बजारमा देखिएको तरलता अभाव हटेर जाने उहाले विश्वास ब्यक्त गरनुभयो ।

प्रकाशित : १७ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६