ब्रेकिंग न्युज

कपिलवस्तुमा तिहार र छठमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने, पटाका र डिजेमा पूर्ण रोक



डिलाराम भुसाल

कपिलवस्तु, २० कार्तिक

आउँदै गरेका तिहार र छठ पर्वलाई अनुशासित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन कपिलवस्तु जिल््ला प्रशासनले विशेष सुरक्षा तथा नियमनकारी निर्णयहरू सार्वजनिक गरेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसमा प्रशासन कार्यालयले यसवर्षको तिहारमा देउसीभैलो खेल्ने समय राति ९ बजेसम्मका लागि मात्र निर्धारण गरेको बताएको छ ।
शुक्रबार जिलल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रमुख जिल््ला अधिकारी ९प्रजिअ० तोयनारायण सुवेदीको अध्यक्षतामा बसेको सरोकारवालाहरूसँगको छलफल तथा जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको छ ।
चाडपर्वलाई व्यवस्थित बनाउन प्रशासनले कात्तिक २५ गते जिल्लाभर मदिरा बिक्री ९वितरणमां० पूर्ण रोक लगाएको छ । त्यसैगरी, तीव्र ध्वनि उत्पन्न गराई स्वास्थ्यमा प्रतिकूल असर पार्ने डिजे को प्रयोग, पटाकाजन्य विष्फोटक पदार्थको ओसारपसार तथा बिक्री ९वितरण र जुवातासमाथि कडा प्रतिबन्ध लगाइएको छ ।

तिहारमा स्थापित गरिने लक्ष्मी पूजाका मूर्ति विसर्जनका सन्दर्भमा तोकिएको रुट प्रयोग गरी सूर्यास्त हुनुअघि नै नजिकैको नदी वा खोलामा विसर्जन गरिसक्नुपर्ने नियम तय गरिएको बताएको छ । साथै, सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव बिगार्ने वा धार्मिक सहिष्णुतामा खलल र्पुयाउने खालका कुनै पनि सामग्री पोस्ट नगर्न प्रशासनले सचेत गराएको छ ।


बैठकलाई समोध्न ग्रदैै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले ूचाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक घटना तथा अवाञ्छित गतिविधिलाई रोक्नका लागि हामीले एकीकृत सुरक्षा योजना लागू गरेका छौँ। तोकिएका नियमहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्पूर्ण जिल्लावासीमा अनुरोध ग्रदै यदि कसैले निर्णयको उल्लङ्घन वा अटेर गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ बताउनु भएको छ ।
चार्डबाड लक्षित एकीकृत सुरक्षा योजनाअनुसार जिल्लाका संवेदनशील क्षेत्रहरूमा सुरक्षा निकायको उपस्थिति र गस्ती बढाईएको बताएको छ ।

प्रकाशित : २२ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६