बिकास थापा
कपिलवस्तु १९ माघ ।वाणगंगा नगरपालिका वडा नम्बर– ८ धनेशपुर निवासी दधिराम बस्नेतले एउटा बोकालाई ५१ हजारमा बिक्री गर्नुभएको छ । उहाले यसअघि पनि ३० हजार देखी ४० हजार सम्म बोकाहरु बेच्दै आउनुभएको थियो । बस्नेतले जमुनापारको बोकालाई ५१ हजारमा बिक्री गर्नुभएको हो । एक बर्ष अघि मात्र बस्नेत एकिकृत पशुपन्छी तथा कृषि फार्म दर्ता गरि अहिले बाख्रा ,भैसी पालनका साथमा तरकारी खेती गर्नुभएको छ । उहाको घर वरपर अहिले आलु र टमाटर लटरम्म फलेका छन । अहिले उहाले यहि पेशाबाट वार्षिक लाखौं आम्दानी गर्दै आएका छन् । करिब ३ कठ्ठा जग्गा लिजमा लिएको बताउदै अहिले उहाको खेतबारीमा बाख्रा भैसीका लागि घास रोपिएको छ । फार्ममा ३ वटा दुध दिईरहेका भैसी छन ।
करिब २ दशक भारतको पन्जाबमा बसेर स्वादेश फर्कनुभएका बस्नेत अहिले गाउघरमै पशुपन्छी र तरकारी खेतीबाट रमाउनु भएको छ । भने मनग्य आम्दानी पनि गर्न सफल हुनुभएको छ । उमेरले ५३ बर्ष पुग्नुभएका बस्नेत गाउघरमै नै केही गर्नुपर्छ भन्ने सोचले कृषि तथा पशुपालन तर्फ आकर्षित भएको बताउछन् । यता छाडा चौपायको समस्याले गर्दा सोचेअनुरुप अघि बढुन नसकेको बताउनुभयो । उहाले यो पेशाबाट आफू सन्तुष्ट भएको बताउदै स्थानीय युवाहरुलाई पनि नेपालमा नै आफ्नो सिपको सदुपयोग गरेमा राम्रो आम्दानी गर्न सकिने बताउनुभएको छ ।
रातको समयमा छाडा चौपायले लगाएतको तरकारी बाली खाने गरेको र छाडा चौपायलाई लखेट्न केही स्थानिय रातको समयमा खेतमै टहरो बनाएर बसेको बताउनुभयो । स्थानिय सरकारले तारबार गरिदिए कृषकको मेहेनत खेरा नजाने उहाको भनाई छ । संग्ै बजारीकरणको पनि समस्या रहेको उहाको भनाई रहेको छ । विदेशमा पसिना वगाउनुको सट्टा स्वदेशमै श्रम र सीपलाई खर्चन सके सम्मृद्धि र कृषि क्षेत्रको विकास द्रुत गतिमा हुन सक्ने बस्नेतको भनाइ छ । उहाले केही समय अघि हरित स्वयमसेवक कार्यक्रम मार्फत गोठ सुधारका लागी ५० हजार अनुदान पाएकोे बताउनुभयो । पालिकाबाट भने खासै ठूलो अनुदान केही नपाएको उहाको भनाई छ ।
१९ माघ २०७८, बुधबार
प्रतिक्रिया