जीवनशैली

अवको चुनवामा पाँचदलिय गठबन्धन एमालेका सामू निरिह सावित हुन्छ :अधिकारी




पार्वती पाण्डे
कपिलवस्तु २१ माघ ।नेकपा एमालेका केन्द्रिय नेता एवम कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले अवको चुनावमा एमालेका सामु पाच दलिय गठबन्धन निरिह सावित हुने दावि गर्नु भएको छ । उहाले एमाले निकट जनवर्गिय संगठन र पार्टी विचको बिस्तारित बैठक लाई मदन आश्रित स्मृति भवन तौलिहवामा संबोधन गर्दै यस्तो वताउनु भएको हो । वैठकलाई सम्बोधन गर्दै पाटीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज अधिकारीले जनवर्गिय संगठनहरुले पाटीको निर्देशन र सिद्धान्त अनुरुप अनुशासित तवरले काम गर्नु पर्ने बताउनु भयो । जनवर्गिय संगठनको कामले पाटी बलियो हुने उहाँले जनाउनु भयो । २० वर्षमा नभएको काम नेकपाएमाले नेतृत्वको सरकारले ३ वर्षमा गरेको भन्दै पाटीले गरेका राम्रा कामहरुलाई जनसमक्ष लैजाने र आगामी निर्वाचनमा देश एमालेमय बनाउन लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै पाटी केन्द्रीय सदस्य सुशिल श्रीवास्तवले जनवर्गिय संगठनहरु पाटीको बलियो खम्बा भएको जनाउदै सक्रियताका साथ संगठन र पाटीको काम गर्नु पर्ने बताउनु भयो । पाटी सचिव सिवी गहतराजको सञ्चालनमा भएको कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य जंजिर प्रसाद थारु , शान्तिदेवी चमार , शारदा शर्मा लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा पाटी अध्यक्ष डम्मर शर्माले समय अबधि पुगेका जनवर्गिय संगठनहरुले फागुन १५ भित्र अधिबेशन गर्नु पर्ने बताउनु भयो । पाटीमा सबैको अपनत्व हुने गरि क्षमता अनुसारको अवसर प्रदान गर्दै पाटी काम अगाडि बढ्ने अध्यक्ष शर्माले जनाउनु भयो । कार्यक्रममा जनवर्गिय संगठनले गरेको कामका बारेमा जानकारी गराइएको थियो ।

प्रकाशित : २१ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६