कपिलवस्तु २४ माघ –लामो सयम देखि सरकारले सालको काठ बिक्री बितरण रोके पछि आम उपभोक्ताहरु मारमा परीरहेका बेला डिभिजन वन कार्यालयले निबेदन दिएको एक हप्ता भित्रै काठ उपलब्ध गराइरहेको छ । गत पुस देखि नै वन कार्यालयको मातहतमा रहेको जिल्ला वन पैदावार आपुर्ति समितिले घर निर्माणकालागि प्रयोग हुने सालको गोलिया काठ निबेदन दिएका उपभोक्तालाई एक हप्ता भित्रै उपलब्ध गराउदै आएको हो ।
बैज्ञानिक वन ब्यवस्थापनका बिषयमा बिवाद बढे पछि सरकारले साल जातको काठ बिक्री बितरणमा करिब २ बर्ष अघि रोक लगाएको थियो । सालको काठ बिक्रीमा रोक लागई पछि उपभोक्ताहरु मारमा पर्नुको सार्थ चर्को मुल्यमा काठ किन्न बाध्य थिए ।
आपुर्ति समितिले काठ उपलब्ध गराए पछि साझेदारी र सामुदायिक क्षेत्रमा नपरको दक्षिण क्षेत्रका उपभोक्तारु लाभांवित भएका छन । मायादेबी गाउपालिका १ का सिताराम चमारले घरकाजकालागि आवश्यक ५० क्युफिट काठ निबेदन दिएको एक हप्ता भित्र पाएको बताए ।
‘ घर बनाउन सुरु गरको थिए काठ नपाउदा समस्यामा थिए, वन कार्यालयमा निबेदन दिएको एक हप्ता भित्रै सालको काठ पाए ’ उनले भने । सिताराम जस्तै मायादेबी गाउपालिका वडा नम्बर ४ स्थित बब्लु धोबीले घरकाजकालागि निबेदन दिएको एक हप्ता भित्रै काठ पाएको बताए । ‘ काठ चाडै पाउदा निकै खुशी लागेको छ ’ उनले भने । सिताराम र बब्लु जस्तै गत आईवार मायादेबी गाउपालिकाका ६ जनाले निबेदन दिएको हप्ता भित्रै काठ पाएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन माहेन सेन्डील्यले बताए ।
साझेदारी र सामुदायिक वन क्षेत्रमा नपरेको उपभोक्ताहरुलाई जिल्ला वन पैदावार आपुर्ति समितिले एक हप्ता भित्रै प्रकृया प्रेयाई काठ उपलब्ध गराइएको डिभिजन वन काार्यलयका प्रमुख बिजयराज सुबेदीले बताए । लालपुर्जाको फोटो कपी, घरको नक्सा र पालिकाको सिफारिस सहीतको निबेदनका आधारमा अनुगम गरी काठ उपलबध गराइएको उनले बताए ।
सबै तथ्यांक र अनुगन समते अनलाईन र जिपिएस सिस्टममा राखिएको उनले बताए । ‘ घर काजकालागि प्रकृया पुरा गरी आएको निबेदनका आधारमा हामीले बढीमा एक हप्ता मै काठ उपलब्ध गराएका छौ ’ प्रमुख सुबेदीले भने । सामुदायिक र साझेदारी वनले उपभोक्ताहरुलाई काठ उपलब्ध गारए पनि ती दुबैको उपभोक्ता नभएकाहरुलाईै प्राथमिकतामा राखेर काठ दिइएको उनले बताए ।
गत पुस देखि माघ २३ गते सम्म १ सय १४ जनालाई ४६ सय २७ क्युफीट सालको काठ उपलब्ध गराइएको छ । काठकालागि पुराना र नया गरी ४ सय बढी निबेदन पारेका छन । यस्तै सो अवधिमा २८ दशमलव ५ चट्टा दाउरा समेत उपलब्ध गराइएको छ । आगलागी, दबै प्रकोप र दाहसस्कारकालागि पीडीतलाई जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा तोकिएको सरकारी मुल्यको ९० प्रतिशत छटमा काठ उपलब्ध गारईने गरिएको छ । आपुर्ति समितिको ए ग्रेडको काठ १६ सय क्युफीट, बी ग्रेडको १२ सय ५० र सी ग्रेडको नौ सय रुपैयामा उपलब्ध गराईने गरिएको छ । घर काजकालागि एक घरलाई ५० क्युफीटका दरले काठ उपलब्ध गराइेने गरिएको छ ।
प्रतिक्रिया