खेलकुद

आईपीएल टिमले किन लिएनन् त सन्दीपलाई ?



काठमाडौं १ फागुन । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने यस वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने सम्भावना कम भएको छ ।शनिबार सुरु भएको १५ औं संस्करणको आईपीएलको मेगा अक्सनमा लेग स्पीनर सन्दीपलाई कुनै पनि टिमले लिएनन् ।यस पटक स्पीनरलाई कुनै पनि टिमले चासो देखाएका छैनन् । अफगानिस्तानका मोहम्मद नावी र मुजिव उर रहमान, दक्षिण अफ्रिकाका  इमरान ताहिर, अष्ट्रेलियाका एडम जाम्पा र इंग्ल्याण्डका आदिल रासिदलाई पनि कुनै टोलीले बोली लगाएन ।

११ औं सेटमा रहेका सन्दीपले आफ्नो आधार मूल्य भारु ४० लाख राखेका थिए । तर कुनै टिमले पनि सन्दीपलाई लिएनन् । अब आइतबार कुनै फ्रेन्चाइजले शनिबार अनुबन्ध नभएका खेलाडीलाई विसलिस्टबाट अक्सनमा सामेल गराउन सक्नेछन् ।ईपीएल खेल्ने पहिलो नेपाली खेलाडी रहेका सन्दीप यसअघि सन् २०१८ मा पहिलो पटक दिल्ली क्यापिटल्समा अनुबन्ध भई दुई सिजन खेले । तेस्रो सिजन भने उनले खेल्ने अवसर पाएनन् ।दिल्लीबाट गत सिजनअघि रिलिज भएका उनलाई मिनी अक्सनमा कुनै टिमले पनि अनुबन्ध गरेको थिएन ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६