अर्थ-वाणिज्य

कपिलवस्तु पालिकामा रहेका साढे ७ सय बढी बिपन्न परिवारलाई न्यानो कपडा बितरण



कपिलबस्तु ५ फागुन -कपिलवस्तुका २ दक्षिणी पालिकामा रहेको साढे ७ सय बढी बिपन्न परिवारलाई न्यानो कपडा बाडिएको छ । प्रतिनिधीसभाका साँसद अतहर कमाल मुसलमानको पहलमा मायादेबी र सुद्धोदन गाउपालिकाका ७ सय ५३ परिवारलाई न्यानो लुगा र सामाग्री बितरण गरिएको हो ।

बेलायतको दातृनिकाय ईस्लामिक रिलिफ नेपालको सहयोगमा लुम्बिनी एकिकृत बिकास संस्था (लिडो) नेपालले शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाका गरिब र बिपन्नलाई न्यानो कपडा र सामाग्री बितरण शुरु गरेको हो । शुद्धोधन गाउँपालिकाका ३ सय ५५ र मायादेबी गाउपालिकाका ३ सय ९८ परिवारलाई सो सामाग्री बितरण गरिएका छन ।

प्रत्यकलाई २४ प्रकार सामाग्री मध्य बढि प्रति परिवार ७ हजार ५ सय बराबरका न्यानो कपडा र सामाग्री बितरण गरिएको हो । बितरीत सामाग्रीमा ब्लाककेट, डसना, सिरक, ज्याकेट, केटली, उनि लुगा लगायतका सामाग्री छन ।

संस्थाले बितरण गरेको न्यानो कपडा र सामाग्रीले आफूलाई ठुलो राहत मिलेको लाभग्राही बिन्दु नटुवाले बताईन । साँसद कमालको पहलमा आयोजना गरिएको न्यानो लुगा बितरण कार्यक्रममा पालिकाका गरिब र बिपन्न नागरिकलाई राहत मिलेको शुद्धोधन ५ का वडा अध्यक्ष अशुतोष कुमार सिंहले बताए । न्यानो लुगा बितरण कार्यक्रम अन्र्तगत शुद्धोधनका ३ सय ५५ परिवार र मायादेवी गाउँपालिकाका ३ सय ९८ गरि कुल ७ सय ५३ गरिब र बिपन्न परिवारलाई सामाग्री बितरण गरिने लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले जानकारी दिईन ।

साँसद अतहर कमालले गरिब वर्गको आयआर्जन सगै सामाजिक र आर्थिक अवस्थामा सुधार ल्याउने बताए । हाल दुई गाउँपालिकामा सञ्चालित उक्त कार्यक्रमलाई कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकामा बिस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।

कार्यक्रम अन्र्तगत सामाग्री प्राप्त गर्ने प्रत्यक लाभग्राहीलाई भौचर मोडालिडी अनुसार सामान बितरण गरिएको ईस्लामिक रिलिफ नेपालकी कार्यक्रम प्रबन्धक प्रज्ञा अधिकारीले बताईन ।

प्रत्यक लाभग्राहीलाई दिईएको २४ वटा सामाग्रीको बिवरण सहितको भौचरबाट प्रत्यकले आफुलाई आवश्यक पर्ने ७ हजार ५ सय बराबरको सामाग्री लिने गरेको उनले बताईन । आफहरुले नेपालमा पछिल्ला तिन बर्ष यता ६ वटा जिल्लामा काम गर्दै आएको ईस्लामिक रिलिफ नेपालका कन्ट्री डाईरेन्टर तल्हा जमालले बताए । आगामी समयमा दिगो बिकासका कार्यक्रमलाई लक्षित गरि लगानी गर्ने योजना रहेको उनले जनाए ।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६