काठमाडौं ६ फागुन – नेपाल राष्ट्र बैंकले बैंकदरलाई बढाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले विद्यमान बैंकदरलाई २% बढाएर ७% पुर्याएको छ । यसअघि बैंकदर ५% थियो । त्यस्तै, ब्याजदर करिडोरसँग सम्बन्धित स्थायी तरलता सुविधा दर ७%, नीतिगत रिपो दर ५.५% र निक्षेव संकलन दर ४% कायम गरेको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत राखेको केन्द्रीय बैंकले जनाएको छ ।
६ फाल्गुन २०७८, शुक्रबार
प्रतिक्रिया