अर्थ-वाणिज्य

गुराँसको मृत्यूदावि स्वरुप १३ लाख भुक्तानी



भगवती न्यौपाने
कपिलवस्तु ९फागुन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो विमीतको परिवारलाई मुत्यु दावि १३ लाख रुपैया भुक्तानी स्वरुप चेक हस्तान्तरण गरेको छ । आज सोमबार कपिलवस्तु जितपुर शाखाको कार्यालयमा मृतकको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । जितपुर शाखा कार्यालयमा सम्पन्न सो कार्यक्रममा मृतक राममिलन मुराउका बुबा राधेश्याम मुराउलाई शाखा प्रमुख सुशिला कडेलले १३ लाखको चेक हस्तारन्तरण गर्नु भएको थियो । रकम हस्तारण गदै उहाँले म र मेरो परिवार अनि भविष्य सुरक्षा गर्न जिवन विमा आवश्यक पर्ने बताउनु भयो । शिवराज नगरपालिका वडा नम्बर ५ का राधेश्याम मुराउ र धनपाति मुराउका छोरा राममिलन मुराउको २३ वषको अल्पायु उमेरमा मृत्यु भएको थियो ।
यस्तै गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि जितपुर शाखाले विमा पोलीसी हरुतान्तरण गरेको छ । गोपाल सुर्यवंसि र रमा सुर्यवंसिको आमाको ५ लाखको एकल भुक्तानी जिवन विमा गरेर वाफत उहाँलाइ पोलीसी हरुतान्तरण गरिएको हो । शाखाका कर्मचारि सन्तोष घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा इन्स्योरेन्सका अभिकर्ताहरुको सहभागित रहेको थियो ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६