प्रदेश

मानव अधिकार एलाइन्स कपिलवस्तुको अध्यक्षमा अधिकारी चयन




कपिलवस्तु, १० फागुन ।
मानव अधिकार एलाईन्स जिल्ला शाखा कपिलवस्तुको अध्यक्षमा थानेश्वर अधिकारी निर्वाचित भएका छन् । (आज) मंगलवार सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहलमा भएको एलाइन्सको आठौ जिल्ला अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन भएका हुन् । त्यस्तै अधिवेशनले १३ सदस्सिय जिल्ला कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा रीता थापा बोहोरा, सचिवमा पार्वती आचार्य, सहसचिवमा टुक प्रसाद अर्याल , कोषाध्यक्षमा नुर मोहम्मद मुसालमान रहेका छन् भने सदस्यहरुमा सागर पौडेल,मञ्जु भट्टराई,धनेश्वरी घर्ति, मधु पाण्डेय,अजय सिंह चौधरी र रविन्द्र प्रताप सेन रहेका छन् ।
कार्यक्रममा बोल्दै मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोमनारायण पौडेलले मानव अधिकार एलाइन्स मानव अधिकार क्षेत्रको अग्रणी संस्था रहेको बताएका छन् । यसले मानव अधिकारको संरक्षण प्रवद्र्धन गर्न अहम् भुमिका खेलेको बताएका छन् । कार्यक्रमका बिशिष्ट अतिथि तथा नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष तथा मानव अधिकार एलाइन्स कपिलवस्तुका संस्थापक सदस्य डम्मर शर्माले मानव अधिकार एलाइन्सले आसन्न स्थानिय तहको निर्वाचनलाई स्वच्छ निस्पक्ष र धाँधली रहित बनाउन प्रभावकारी रुपमा पर्यवेक्षण गर्नु पर्ने बताए । यस संस्थामा सामाजिक संघ संस्थाका नेतृत्व गरेका अनुभवी व्यक्तिहरु रहेको हुनाले यसले हरेक व्यक्ति र समुदायका व्यक्तिहरुको वकालत गर्नु पर्ने बताएका छन् । कार्यक्रममा नेकपा एमाले प्रदेश समिति सदस्य तथा मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य सुर्य कुमारी शाही, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा एलाइन्स जिल्ला इन्चार्ज चेतना अधिकारी, बाणगंगा नगर कार्यपालिका सदस्य गीता भुसाल लगायको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका सचिव थानेश्वर अधिकारीद्धारा प्रस्तुत साँगठनिक प्रतिवेदन सर्व सहमतीबाट पारित गरिएको छ । मानव अधिकार एलाइन्स कपिलवस्तुमा जिल्लामा क्रियाशिल १८ वटा सामाजिक संघ संस्थाहरु आबद्ध रहेका छन् । कार्यक्रम मानव अधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेको अध्यक्षता उपाध्यक्ष गीता भुषालको स्वागत र सचिव थानेश्वर अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६