अर्थ-वाणिज्य

बेरुजु फर्छाैटमा देशकै पहिलो नम्वर बौद्ध विश्व विद्यालय : लगातार तेश्रो सफलता




लुम्विनी १० फागुन ।लुम्बिनी बौद्ध विश्वविद्यालय बेरुजु फछर्यौटमा लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ । बेरुजु फछर्यौट मुल्यांकन तथा अनुगमन समितिले बेरुजु फछर्यौटमा निर्धारण गरेका लक्ष्य पुरा गर्दै विश्वविद्यालय उत्कृष्ट बनेको हो । उत्कृष्ट बनेको विश्वविद्यालयलाई अनुगमन समितिले पुरस्कृत गरेको छ । महालेखा परीक्षकको कार्यालयबाट भएको लेखा परीक्षणमा कुल अंकको १ प्रतिशतभन्दा कम बेरुजु कायम गर्ने र विगतको वेरुजु फछर्यौटमा उत्कृष्टता कायम गर्ने निकायलाई समितिले पुरस्कृत गर्ने गर्दछ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आर्थिक वर्ष ०७६।०७६ को लेखा परीक्षणमा शून्य दशमलव ४० प्रतिशत मात्रै बेरुजु देखिएको छ । महालेखाले ५८(उनठाउन्न) करोड २५ लाख ६४(चौवसटठी) हजारको लेखा परीक्षण गर्दा २३ लाख ४ हजार बेरुजु देखिएको छ ।
त्यस्तै विगतका वर्षहरुमा बेरुजु रहेको ३० लाख ८१ हजारमध्ये २२ लाख ४२(बयालिस) हजार फछर्यौट भएको विश्वविद्यालयले जनाएको छ । यो ७२(बहततर) दशमलव ७७ प्रतिशत हो । अनुगमन समितिका अध्यक्ष एवं मुख्यसचिव शंकरदास बैरागीले विश्वविद्यालयका रजिष्ट्रार डा। तिलकराम आचार्यलाई १० हजारबाट पुरस्कृत गर्न सिफारिस गरेका छन् । अनुगमन समिति मुख्य सचिवको अध्यक्षतामा हुने व्यवस्था छ ।
विश्वविद्यालयले यसअघिका दुई आर्थिक वर्षमा पनि लक्ष्यअनुरुप बेरुजु फछर्यौट गरेको थियो । ०७५ साउनदेखि ०७६(छेहततर) असारसम्मको बेरुजुमध्ये विश्वविद्यालयले ७८ दशमलव शुन्य ३ प्रतिशत फछर्यौट गरेको थियो । आर्थिक वर्ष ०७४र०७५ को स्रेस्ता लेखा परीक्षणबाट शुन्य दशमलव शुन्य ८ प्रतिशत बेरुजु कायम गरेको भन्दै बेरुजु फछर्यौट मुल्यांकन तथा अनुगमन समितिले पुरस्कृत गरेको थियो ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६