प्रदेश

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह



काठमाण्डौ, ११ फागुन । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक यो बेला युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाई उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासमा युक्रेनमा रहेका ३८ जना नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई कुनै समस्या परेमा बर्लिनमा रहेको दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । रुस–युक्रेन तनाव चर्किँदै गएकाले त्यहाँ हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६