जीवनशैली

नक्कली लालपूर्जा देखाएर ३३ लाख रुपैयाँ ठगी गरेका एक व्यक्ति पक्राउ



काठमाडौं ११ फागुन – जग्गाको नक्कली लालपूर्जा देखाएर बिक्री गर्ने भन्दै ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।नक्कली लालपूर्जा र नक्सा देखाएर जग्गा बिक्री गर्न भन्दै ३३ लाख बैना लिएको आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका-८ का ३९ वर्षका हितबहादुर बुढाथोकीलाई काठमाडौंको कपनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार बुढाथोकीमाथि काठमाडौंको साँखुस्थित साल्खा-६ (ख) मा रहेको दुई रोपनीमध्ये आठ आना जग्गा ३५ लाखमै पास गरिदिन्छु भनी पीडितसँग ३३ लाख लिएको आरोप छ ।

बुढाथोकीले रकम लिएर जग्गा पास गर्न आलटाल गरेपछि पीडितले मालपोत कार्यालयमा बुझ्दा सो जग्गा अर्कैको नाममा दर्ता भएको थाहा पाएपछि जाहेरी दिएको प्रहरीको भनाइ छ ।एसपी कृष्ण कोइरालाका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि बुढाथोकीलाई महानरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६