अर्थ-वाणिज्य

६ करोड लगानीमा निर्मित ओएसिस सिनेमाज हल १७ देखि संचालन हुने



कपिलवस्तु १२ फागुन । कपिलवस्तुको बाणगंगा नगरपालिकामा सुबिधा सम्पन्न सिनेमा हल संचालनमा आएको छ । बाणगंगा नगरपालिका १ जितपुर राजमार्गको छेउमै रहेको ‘ओएसिस सिनेमाज’ करिब ६ करोडको लगानीमा निर्माण सम्पन्न भई संचालनमा आएको हो ।बाणगंगा नगरपालिका- १ जितपुर राजमार्गको छेउमै रहेको ‘ओएसिस सिनेमाज’ संचालनमा आएसंगै  यहाँका नागरिकमा नयाँ रौनक छाएको छ । ६ कट्ठा क्षेत्रफलमा सिनेमा हल सञ्चालन गर्ने गरि नै निर्माण गरिएको सुबिधा सम्पन्न भौतिक संरचना साच्चिकै मनमोहक छ । यद्यपि ‘ओएसिस सिनेमाज’ यहि फागुन १७ गते शिवरात्रीका दिन औपचारीक उद्घाटन हुने भएको छ । बुधबार  एक पत्रकार सम्मेलनको आयोजना गरि फागुन १७ गते शिवरात्रीका दिन औपचारीक उद्घाटन गर्ने तयारी रहेको सञ्चालक संजय पाण्डे र रामु तामाङले दिनुभयो । राजमार्गको छेउमै रहेको ‘ओएसिस सिनेमाज’ को निर्माणको सबै काम सकिएको सिनेमाका सञ्चालक नविन भण्डारीले जानकारी बताउनुभयो ।

ओएसिस सिनेमाजका यस्ता छन् बिशेषता :


यो चलचित्र हल पछिल्लो प्रविधी प्रयोग भएको आधुनिक सुविधासम्पन हल हो । यहाँ काठमाण्डौँका ‘क्यूएफएक्स’ हलमा पाइने आनन्द पाइने संचालक भण्डारी बताउनु हुन्छ । यस हलको सबैभन्दा राम्रो विशेषता भनेको भौतिक संरचना र ध्वनी हो । भण्डारी भन्नुहुन्छ, हामीले लुम्बिनी प्रदेशमै राम्रो खालको भवनको संरचना बनाएका छौँ र उच्च प्रविधिको साउण्ड दिने कोसिसमा छौँ । यहाँ ७.१ श्रावण्ड साउण्ड प्रविधि हुनेछ । जुन दर्शकलाई पृथक लाग्ने छ । यसले कानमा पनि कुनै असर गर्दैन ।गास, बास, कपास र जस्तै मनोरञ्जन पनि मानिसको आधारभूत आवश्यकता जस्तै भएकाले चलचित्र पनि मनारञ्जनकै एक अंग भएकाले सबैबाट साथ र सहयोग पाइने सञ्चालक भण्डारीले बताउनुभयो ।

सुबिधा सम्पन्न हल, काउण्टर, प्रवेशद्धार, कम्पाउण्डको सम्पुर्ण काम सकिएको छ भने पार्किङको पनि सुरक्षित र सुब्यबस्थित व्यबस्था रहेको छ । टिकट घर पनि बनिसकेकोले छिटो भन्दा छिटो अवलोकनका लागि जानै पर्ने संरचना बनेको छ ।यो चलचित्र हल कपिलवस्तुकै सुविधासम्पन एक मात्र हल हुनुका साथै नेपालमै राम्रो सिनेमा हलको सुचिमा पर्ने सिनेमा हाल हो । यो सिनेमाहल सञ्चालन भएसंगै यस क्षेत्रका नागरिकलाई बुटवल र काठमाण्डौँ जानुपर्ने समस्या अन्त्य भएको स्थानीयले बताउँछन् ।हलमा एकैपटकमा २ चलचित्र हेर्न पाईने छ । अर्थात् हलमा एकैपटक २ स्क्रिन डिस्प्ले हुनेछन् । एक हलमा १ सय ७१ र अर्कोमा १ सय ३३ जना गरी एक ‘शो’ मा ३०४ जना दर्शकले चलचित्र हेर्न सक्ने छन् ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६