काठमाडौँ १२ फागुन – नेपाली काँग्रेसका १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ ।फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो ।काँग्रेसले बुधबार सूचना जारी गर्दै ती जिल्लाको अधिवेशन फागुन २० गते हुने जनाएको छ ।मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नु परेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१२ फाल्गुन २०७८, बिहिबार
प्रतिक्रिया