प्रदेश

प्रहरीको गोली लागेर बारामा एक भारतीयको मृत्यु, गाँजा तस्करीको आरोपमा एक जना पक्राउ



बारा, १२ फागुन । प्रहरीको गोली लागेर बारामा एक भारतीय नागरिकको ज्यान गएको छ ।

गएराति करिब सातरआठ जनाको समूहमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचनापछि प्रहरी टोली तस्करको खोजीमा निस्किएको थियो ।

प्रहरीको टोलीलाई लक्षित गरी सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा तस्करले एक राउन्ड गोली चलाएको र जवाफमा प्रहरीले चलाएको गोली लागि नाम खुल्न नसकेका भारतीय एक गाँजा तस्करको ज्यान गएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

गोली लागेर घाइते उनको कलैया अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्राका ४० वर्षीय हृदयेश गिरी पक्राउ परेका प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो । रासस

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६