जीवनशैली

विप्लवले झुण्ड्यायो मन्त्री बडुको घरमा कालो झण्डासहित ब्यानर



धनगढी १२ फागुन -विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको घरमा कालो झण्डासहित ब्यानर झुण्ड्याएको छ ।नेकपा विप्लवले ‘राष्ट्रघाती’ एमसीसी खारेज गर्न माग गर्दै बिहीवार महाकाली नगरपालिका(५ नमस्कारस्थित मन्त्री बडुको घरमा कालो झण्डा र ब्यानर झुण्ड्याएको हो ।

नेकपा विप्लवका दार्चुला जिल्ला इन्चार्ज भरत मल्लले मन्त्री बडुले ‘राष्ट्रघाती’ एमसीसी पारित गराउन सहयोग गरेका कारण विरोध स्वरुप उहाँको घरमा कालो झण्डा र ब्यानर लगाइएको बताउनु भयो ।

मन्त्रीलाई दलालको संज्ञा दिइएको उक्त ब्यानरमा ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, देश बेच्न पाइदैन, दलाल सरकार चाँहिदैन’ लगायतका नारा पनि लेखिएको छ ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६