अर्थ-वाणिज्य

कपिलवस्तु : २ महिने सिलाईकटाई तालिम सुरु



कपिलवस्तु १२ फागुन –कपिलवस्तुको शिवराज नगरपालिका वडा न १०मा २ महिने सिलाईकटाई तालिम सुरु भएको छ। दलित मानव अधिकार निगरानी समितिको आयोजना तथा शिवराज नगरपालिका वडा नं १० कार्यालय को आर्थिक सहयोगमा महिलाहरुका लागि सिलाई कटाई तालिम सुरु भएको हो ।कार्यक्रमकको प्रमुख अतिथी एवम् शिवराज नगरपालिका वडा नं १० कि वडा अध्यक्ष मन्जु मिश्रले उक्त तालिमको उद्घाटन गर्दै महिलालाई अहिलेको प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको र सोहि कुरालाई मध्यनजर गर्दै आयमूलक सीप विकासका लागि तालिमहरु वडाले व्यवस्था गरेको बताउनुभयो ।

दुई महिने सिलाई कटाई तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै दलित मानव अधिकार निगरानी समितिकि अध्यक्ष मिना परियारले सिपले मानिस लाई आत्मानिर्भर बनाउँन सहयोग गर्ने भएकाले वडा सगँ सहकार्य गरेर उक्त कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।उहाँले सिपले तालिममा मात्रै सिमित नराखेर आयआर्जन गर्ने बाटो देखाउन सहयोग गर्ने बताउनु भयो । तालिममा २० जना प्रशिक्षार्थी सहभागि रहेको अध्यक्ष परियारले जानकारी दिनु भयो ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६