जीवनशैली

गायक दुर्गेश थापालाई किन हटाइयो महोत्सवबाट ?



काठमाडौं १३ फागुन – गायक तथा मोडल दुर्गेश थापालाई महोत्सवबाट हटाइएको छ । अभिनेता पल शाहको केसमा जोडिएपछि आज शुक्रबारबाट सुरु भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट उनलाई हटाएको हो ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात १३ देखि २५ फागुनसम्म आयोजना हुन लागेको हो । दुर्गेशले महोत्सवमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको थियो ।

अभिनेता पल शाहको प्रकरणमा विवादित भएपछि महोत्सव र उनी दुबैलाई राम्रो नहुने देखेर कार्यक्रमबाट हटाइएको महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिब यज्ञराज जोशीले बताए । ‘महोत्सवमा सर्वसाधारणको भीड हुन्छ । त्यो भीडमा दुर्गेश माथि हातपात भयो भने हामी सुरक्षा दिन सक्दैनौ’ जोशीले भने, ‘पब्लिक तथा उनको सुरक्षा दुबै कुरोमा ध्यान राखेर हटाइएको हो ।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेबाट आजै मध्यान्ह २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवमा १ लाख बढी मानिसको सहभागिता रहने आयोजकको दाबी छ । देशका चर्चित कलाकारको अलवा सुदूरपश्चिमका स्थानीय कलाकारको समेत सहभागिता रहने महोत्सव अत्तरिया पूर्व रोडमा रहेको खुल्ला स्थानमा आयोजना गरिएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६