हरि घिमिरे,
कपिलवस्तु १३ फागुन ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा सोमबारबाट राष्ट्रिय परिचयपत्र अभियान शुरु हुन भएको छ । सरकारले लागु गरेको अनिवार्य राष्ट्रिय परिचयपत्र बनाउने निति जिल्ला प्रशासन कार्यालय बाट हुने गरेको थियो । जिल्लाले नागरिकलाई सहज सेवा प्रदान गर्नका लागि परिचय पत्रको टोली हरेक वडा कार्यलयमा पठाउन लागेको हो । जसका लागि जिल्ला प्रशासनले पहिलो पटक बाणगंगा नगरपालिका बाट सुरु गरिने बताएको छ । बाणगंगा नगरपालिकाको सभाहलमा शुक्रवार राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै जानकारी गराएको थियो ।
बाणगंगा नगरपालिका अन्र्तरगतका वडा अध्यक्ष तथा सचिव हरुसंगको प्रशिक्षण कार्यक्रमको जानकारी गर्दै प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जिल्ला प्रशासन कार्यालय मातहतमा रहेको परिचय पत्रको टोली अव गाउँ गाउँ जाने उनले बताउनु भएको छ । कपिलवस्तुको बाणगंगामा प्रजिअ पाण्डेको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र अव बाणगंगा नगरपालिकाका वडाबाट शिविर संचालन गर्ने बताउनु भएको हो । उहाँले यस अभियानमा कोहि पनी नछुटन आग्रह समेत गर्नु भएको छ । बाणगंगा नगरबाट संचालित घुम्ति टोली क्रमश अन्य नगर तथा गाउँपालिका पुग्ने बताईएको छ । नगरपालिकाको वडा वडामा राष्ट्रिय परिचय पत्र बनाउने टोली परिचालन सोमबारबाट हुने भएकाले प्रत्येक व्यक्ति आफ्नै वडाको शिविरमा पुगेर नाम दर्ता गराउन आग्रह गरिएको हो ।
प्रजिअ पाण्डेले अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्दै भन्नु भयो “व्यक्तिको वैयक्तिक र जैविक विवरणसहितको डिजिटल पहिचान स्थापना गर्ने उद्देश्यले नेपाल सरकारले बहुउपयोगी राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि सारेको छ, नेपाली नागरिकता प्राप्त नागरिकले मात्र राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेकाले नागरिकता लिएका सबैलाई सो विवरण भराउन आग्रह गर्दछु ।” आधुनिक युगमा डिजिटल प्रविधिमार्फत सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामको लागि समेत प्रयोगमा ल्याउन सकिने हुनाले यो परिचयपत्रको अत्यन्त महत्व रहने बताउनु भयो । व्यक्तिगत परिचय नम्बर उल्लेख हुने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका व्यक्तिगत विवरण, औँठाको छाप, फोटो तथा आँखाको नानीको तस्बिरसहितको सूचना सङ्कलन गरिने हुँदा नागरिकको संवेदनशील विवरणको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सङ्कलनको काम गरिने समेत बताइएको थियो ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पंन्थी ले राज्यले दिने सम्पुर्ण सेवा र सुविधा सहज र सुलभ बनाउन राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि ल्याइएको भन्दै आईतबारबाट नै तयारी अवस्थामा बसेर सोमबारबाट काम शुरु गरिने भएको हुदाँ वडा सचिवहरुलाई तयारीमा लाग्न निर्देशन दिनु भएको छ । यस्तै बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले राष्ट्रिय परिचयपत्र नागरिकको लागि उपयोगी भएको बताउँदै यसबाट नागरिकको व्यक्तिगत पहिचान राष्ट्रबाट हुने बताउनु भयो । उहाँले पसरकारले चुनावी मिति तय गरिसकेको अवस्थामा यो काम थपिदा झन्झट भएतापनी व्यवस्थापन गरिने बताउनु भयो । कार्यक्रममा बाणगंगाका ११ वटै वडाका वडा अध्यक्ष वा प्रतिनिधि, वडा सचिवहरु तथा पत्रकारको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन नगरका सुचना अधिकारी केशबराज भट्टराईले गर्नु भएको थियो ।
प्रतिक्रिया