अर्थ-वाणिज्य

१५ बर्षे रणीनिती मस्यौदा तयार :कृषि सामाग्री र बजारको सुनिश्चितता प्रदेश सरकारले गर्ने



बुटवल १४ फागुन ।लुम्बिनी प्रदेश सरकारले प्रादेशिक कृषि विकास रणनीतिको मस्यौदा तयार गरेको छ । मस्यौदामा कृषिलाई व्यवसायिक बनाउन प्रतिस्पर्धात्मक कृषि प्रणाली, आयात प्रतिस्थापन र कृषिमा औद्योगिकरणलाई जोड दिइएको छ । कृषिको दिगो विकासका लागि कृषक संरक्षणमुखी कार्यक्रम ल्याउने, सरकारी स्तरबाट उत्पादन सामाग्री र बजारको सुनिश्चितता गर्ने एवं तीनै तहका सरकारबीचको समन्वयमा कृषि अभियान सञ्चालन गरिने उल्लेख छ । १५ वर्षीय रणनीतिक योजनामा नगदे र निर्यातमुखी बालीलाई प्राथमिकता दिंदै त्यसको क्षेत्र बढाउन जोड दिइएको छ । गुणस्तरीय बीउ उत्पादन गर्न हरेक जिल्लामा फरक फरक बालीका बिउ उत्पादन केन्द्र बनाउने योजना छ ।
जिल्ला समन्वय समितिमा कृषि प्राविधिक राखेर त्यसमार्फत प्राविधिक सेवाका काम गर्ने उल्लेख छ । मन्त्रालयका सचिव शान्ता कार्कीले सरोकारवालाका सबै सुझाव समेटेर रणनीति तयार गरिने बताउनुभयो । प्रदेश उपलब्ध खाद्यान्न बाली उत्पादनको स्थितिबाट आत्मनिर्भर छ । यसले छिमेकी गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशहरुलाई समेत निकासी गर्दछ । यहांको ६ सय ५५ वर्ग किलोमिटर अर्थात २९ प्रतिशत कृषि भूमि रहेको छ । त्यसमध्ये ५ सय ३९ वर्गकिलोमिटर क्षेत्रमा खेती गरिएको छ । बांझो जग्गा १ सय ७ हजार हेक्टर छ । ७६ प्रतिशत किसान परिवारले डेढ बिगाहभन्दा कम जग्गामा खेती गरेका छन् ।

प्रकाशित : १४ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६