प्रदेश

पल शाह काण्डः पीडित समिक्षाको पक्षबाट अधिवक्ता खतिवडाले वकालत गर्ने



काठमाण्डौं, १४ फागुन ।
अभिनेता पल शाहविरुद्ध करणीको जाहेरी दर्ता गरेको नाबालिगको पक्षमा अधिवक्ता राधिका खतिवडाले पक्षमा वकालत गर्ने भएकी छन् । अधिवक्ता खतिवडाले सामाजिक सञ्जालमा पीडित बालिकाको पक्षमा कानुनी लडाईँमा सहयोग गर्ने जानकारी दिएकी हुन् ।

अधिवक्ता राधिका खतिवडाले १७ वर्षीया बालिकाको विषयमा बोल्नुअघि विचार गर्न आग्रह गर्दै पीडित बालिका र अभिनेता पलबीचको विषयलाई लिएर कानुनी रुपमा व्याख्या समेत गरेकी छन् । उनले पीडित बालिकाका विषयमा सामाजिक सञ्जालमा अपव्याख्या गरेर विषयान्तर गर्न खोजिएकाले त्यस्ता गतिविधिहरु गरेर स्वतन्त्र अनुसन्धानमा बाधा नगर्न समेत सबैलाई आग्रह गरेकी छन् ।

अधिवक्ता खतिवडा केही समय अगाडि बाराका उमाशंकर रायभरलाई न्याय दिलाएपछि चर्चामा आएकी थिइन् । रायभरको नागरिकताका दुरुपयोग हुँदा उनीमाथि २८ करोड राजस्व नतिरेको आरोप लागेको थियो । उनले रायभरको पक्षमा वकालत गरेर निर्दोष रायभरलाई न्याय दिलाउन सफल भएकी थिइन् ।

म्युजिक भिडियो सुटिङका क्रममा अभिनेता पलविक्रम शाहले पीडित बालिकामाथि पटक–पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको कसुरमा शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता समेत भएको छ । पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता गराएका हुन् ।

प्रकाशित : १४ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६