कपिलवस्तु १४ फागुन । नागरिकलाई नशा तथा हाड जोर्नीको निशुल्क चेकजाँच गर्न विशेषज्ञ डाक्टर निशुल्क उपलब्ध गराएर जेसिज कपिलवस्तुले उदाहरणीय काम गरेका भन्दै सांसद विष्णु पन्थीले सह्राना गर्नु भएको छ । उहाले जेसिसले स्वघोषितरुपमा सामाजिक उत्तरदायित्व बहन गर्ने गरेको वताउनु भयो ।कपिलवस्तु जेसिज बर्ष २०२२ ले आज फाल्गुन १४ गते शनिबारको दिन सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत बाणगङ्गा ४ स्थित बाणगङ्गा क्लिनिक प्रालिमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सप्पन्न गरेको छ।बाणगङ्गा क्लिनिकमा भएको उक्त कार्यक्रममा स्वास्थ्य जाच बिशेषगरि हाडजोर्नी नसा तथा बाथ रोगका बारेमा निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको छ।
कपिलवस्तु जेसिजका अध्यक्ष जेसि गुरुदेव पौडेलको अध्यक्षतामा कपिलवस्तु जेसिजका कोषाध्यक्ष जेसि कमल घिमिरेको संयोजकत्वमा भएको कार्यक्रममा वडा अध्यक्ष गणेश छेत्री र ट्रमा सर्जन डा।लक्ष्मण शर्मा र कपिलवस्तु जेसिजका निवर्तमान अध्यक्ष जेसि भिम भट्टराई,बाणगङ्गा क्लिनिकका संचालन प्रबिन पौडेल समाजसेवी एवम महिला नेतृ सुमित्रा घिमिरे समाजसेवी राजन पाण्डे युनिटी हेल्थ क्लिनिकका संचालक बिजय आचार्य लगायतको उपस्थिती थियो । कार्यक्रममा स्वागत मन्तव्य कपिलवस्तु जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसि अमृत घिमिरेले स्वागत मन्तब्य राख्नुभएको थियो भने कपिलवस्तु जेसिजका उपाध्यक्ष जेसि सुनिल पाण्डेले जेसिज आस्था पाठ पढनुभएको थियो।
कपिलवस्तु जेसिजका महासचिव जेसि चन्द्रकान्त पोख्रेलले संचालन गरेको कार्यक्रममा बोल्दै वडा अध्यक्ष गणेश क्षेत्रीले कार्यक्रमले यस क्षेत्रका जनताले विशेषज्ञ सेवा लिन बुटवल जानुपर्दा दुस्ख भएको बताउनु भयो । कार्यक्रममा अर्का डा. लक्ष्मण शर्माले आफुलाई जेसिजले सेवा गर्ने मौका दिएकोमा धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा क्लिनिकका तर्फबाट धन्यवाद मन्तव्य राख्दै क्लिनिक संचालक प्रबिन पौडेलले राख्दै कपिलवस्तु जेसिजले सामाजिक क्षेत्रमा काम गर्दै गर्दा क्लिनिकलाई रोजेकोमा धन्यवाद दिनु भयो । उक्त कार्यक्रममा करिब ८० बढी बिरामीहरुले हाडजोर्नी नशा तथा बाथ रोग सम्बन्धि सेवा लिएका छन।
प्रतिक्रिया