ब्रेकिंग न्युज

कपिलवस्तु ड्युटीमा खटिएका प्रहरीले कुटे शिक्षक



कपिलवस्तु १५ फागुन -कपिलवस्तु अस्पतालमा ड्युटीमा रहेका प्रहरी जवानबाट एक शिक्षक कुटिएका छन् । श्री रत्न राज्य लक्ष्मी मा.वि. तौलिहवामा कार्यरत शिक्षक दिनेश बढईलाई प्रहरी जवान सर्वजित हरिजनले कुटपिट गरेका हुन् ।

आफ्नी श्रीमतीको उपचारमा रहेका शिक्षक बढई र अस्पतालकी परिचारिका विच तातो पानी माग्ने विषयमा सामान्य भनाभन हुदै गर्दा प्रहरी जवान हरिजनले शिक्षक बढई माथि हातपात गरेका थिए । रक्सीको मातमा रहेका प्रहरी जवान हरिजनले आफुलाई विना कसुर लठ्ठीले ठुलो चोट लाग्ने गरी कुटेको शिक्षक बढईले बताए ।

सुरक्षाकर्मीबाटै भएको शिक्षक कुटपिटको घटना प्रति जिल्लाका शिक्षक संवद्ध संघ संगठनहरुले विरोध जनाएका छन् । कुटपिटमा संलग्न प्रहरी जवान हरिजन उपर कारवाही हुनु पर्ने र अस्पतालमा आउने विरामी तथा विरामीका कुरुवाहरुको सुरक्षा संवेदनशीलता तर्फ स्थानीय प्रशासन सतर्क हुनु पर्ने अगुवा शिक्षक मोहन शुक्लाले बताए । घटनको सत्य तथ्य छानविन गरी दोषी उपर कडा कारवाही हुनु पर्ने नेपाल शिक्षक संघ कपिलवस्तुले जनाएको छ ।

ड्युटीकै समयमा रक्सी सेवन गरी आफ्नो पदको दुरुपयोग गर्ने प्रहरी जवान हरिजनलाई कडा कारवाही गर्नु पर्ने सामाजिक संजाल मार्फत स्थानीय प्रशासन संग स्थानीय अगुवा नागरिकहरुले माग समेत गरेका छन् ।

प्रकाशित : १५ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६