अन्तर्राष्ट्रिय

युक्रेन रुससँग वार्ताका लागि तयार



एजेन्सी ।

युक्रेनले रुससँग वार्ताका लागि तयार रहेको जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको वार्ता प्रस्ताव स्वीकार गर्नुभएको हो ।यसअघि उहाँले बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गर्नुभएको थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेन–बेलारुसको सीमामा रहेको प्रि–प्याट नदी नजिक वार्ता गर्न तयार हुनुभएको हो । युक्रेनी राष्ट्रपति जेलेन्स्की कुनै पनि पूर्वसर्त विना आफ्नो वार्ता टोली पठाउन तयार भएका बेलारूसी राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वार्ताको विषयमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र बेलारुसी राष्ट्रपति लुकासेन्कोबीच टेलिफोनमा कुराकानी भएको हो । बेलारुसले युक्रेनी प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फर्कने क्रममा बेलारूसी भूभागमा राखिएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्रहरू जमिनमा रहने सुनिश्चित गर्ने जिम्मेवारी लिने भएको छ ।

यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिनुभएको छ ।

रुसको मस्कोमा आणविक हातहतियार र ब्यालेस्टिक मिसाइलको विश्वकै दोस्रो धेरै भण्डार छ जुन देशको प्रतिरोध बलको मेरुदण्ड बनेको बीबीसीले जनाएको छ । रुसको आक्रमणमा परेर युक्रेनमा १४ बालबालिकासहित ३ सय ५२ जनाको ज्यान गएको छ ।
बालबालिकासहित १६ सयभन्दा धेरै घाइते भएका छन् भने तीन लाख ७० हजार भागेर विदेशको शरणमा पुगेका खबरमा उल्लेख गरिएको छ ।

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६