अन्तर्राष्ट्रिय

रुसी सैनिकहरूको ठूलो समूह युक्रेनको राजधानी किएभतर्फ प्रस्थान



काठमाडौं, १७ फागुन । अत्याधुनिक हतियारसहित रुसी सैनिकहरूको ठूलो समूह युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । स्याटेलाइट तस्वीरमा रुसी सैनिकहरूको लाइन करिब ६० किलोमिटर लामो देखिएको बीबीसीले जनाएको छ ।

रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएको पाँच घण्टा लामो शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरूको यो लस्कर सार्वजनिक भएको हो ।

स्याटेलाइट तस्वीरमा दक्षिणी बेलारुसमा पनि रुसी सैनिक र हेलिकप्टर तैनाथ भएको देखिन्छ, जुन युक्रेनको सीमाभन्दा करिब २० किलोमिटर मात्रै टाढा छ ।

राजधानी किएभको बाहिरी क्षेत्रमा रुसले हवाई हमला गरेको समाचार सार्वजनिक भएका छन् । हवाई हमलाको संकेत स्वरुप साइरन बजाइएको छ ।
रुसले युक्रेनमा जमिन र हवाई दुवैतर्फबाट आक्रमण जारी राखेको छ । आक्रमणबाट हालसम्म ३५० जनाको मृत्यु भइसकेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । रुसी सेनाको आक्रमणबाट पूर्वी युक्रेनको ओख्तिर्का भन्ने स्थानमा ७० जना युक्रेनी सैनिकको मृत्यु भएको छ ।

युक्रेनबाट ६ लाख बढी मानिसहरू विस्थापित भएका छन् । रुसले गरेको आक्रमणका कारण युक्रेनका भवन, गाडीहरू क्षतिग्रस्त भएका तस्वीरहरू सार्वजनिक भएका छन् । बेलारुसमा शान्ति वार्ता जारी रहेकै बेलामा पनि रुसले युक्रेनमा आक्रमण नरोकेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसले युक्रेनमा गरेको आक्रमणको अन्तर्राष्ट्रिय स्तरबाट विरोध भइरहेको छ । रुसमा बिभिन्न प्रतिबन्धहररु लागू गरिएको छ । तर रुस पछि हटेको छैन ।

पछिल्लोपटक जी ७ देशहरूको एक सदस्य क्यानडाले रुसबाट कच्चा तेल आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

पछिल्लोपटक रुसमा हलिउड चलचित्रहरूको प्रदर्शन रोकिएको छ । रुसमा पश्चिमा देशहरूले लगाएको प्रतिबन्धको कारण मास्टर कार्डले रुसबाट गरिएका कारोबारहरू बन्द गरेको छ ।

प्रकाशित : १७ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६