प्रदेश

भ्रष्टाचार मुद्दा लागेका उपमेयर निलम्बित




बागलुङ, १७ फागुन ।भ्रष्टाचार मुद्दा लागेका बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का निलम्बित भएका छन् । बागलुङ बसपार्क निर्माणमा भ्रष्टाचारको आरोप लागेपछि खड्कासहित चारजना निलम्बित भएका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नगरपालिकाका उपप्रमुख, वडा–४ का वडाध्यक्ष धुव्रबहादुर केसी, तत्कालीन डिभिजन इञ्जिनियर दयाराम पौडेल, इञ्जिनियर मनोज शर्मा र सबइञ्जिनियर घनश्याम रिजाल निलम्बनमा परेका हुन् ।
मुद्दा परेपछि आयोगले उनीहरुलाई निलम्बन गर्नु भन्दै प्रेस विज्ञप्ति पठाएपछि कारबाही गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

हाल उनीहरुले पाउने सेवा सुविधासमेत कटौती गरिएको प्रमुख पौडेलको भनाइ छ ।उपप्रमुख खड्काले चढ्ने गरेको जीप, इञ्जिनियरले चढेका मोटरसाइकल, उनीहरूले प्रयोग गरेका ल्यापटपलगायतका सामग्री पनि फिर्ता गरिएको छ । साथै, कार्यालयबाट उनीहरुको नेम प्लेटसमेत हटाइएको छ ।बागलुङ बसपार्क निर्माणको क्रममा कामै नभएको स्थानमा भएको देखाएको, डोजर प्रयोग गरेर काम गरेको स्थानमा डोर हाजिरी देखाएकोलगायतका विषयमा अनुसन्धान गर्दा रकमसमेत अपचलन भएको देखेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित : १७ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६