अन्तर्राष्ट्रिय

भारतसँग जोडिएका लुम्विनीका सीमानाका ३ दिन बन्द




कपिलवस्तु १७ फागनु । रूपन्देही, कपिलवस्तु, नवलपरासीका सीमानाका तीन दिन बन्द हुने भएका छन्। भारतको उत्तरप्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने विधानसभा निर्वाचनका लाागि सीमानाका बन्द हुने भएका हुन्। नवलपरासी, रुपन्देही र भारत महाराजगञ्ज जिल्लाका सुरक्षा अधिकारीको आइतबारको भर्चुअल बैठकले आज साँझ ६ बजेदेखि १९ गते बेलुका ६ बजेसम्म नाका सिल गर्ने निर्णय गरेको हो ।
१९ गते हुने निर्वाचनको ४८ घण्टाअघिदेखि सुरक्षाको कारण देखाएर नेपाल आवतजावत गर्न बन्द गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । निर्वाचनको सुरक्षा संवेदनशिलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

प्रकाशित : १७ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६