भैरहवा १७ फागुन । ५० करोड रुपैयाँ बढी लगानीमा भैरहवामा अपाङ्गमैत्री ३ तारे गौतमबुद्ध एयरपोट होटल सञ्चालनमा आएको छ । गैरआवसिय नेपाली र नेपाली नागरिकको संयुक्त लगानीमा मंगलबारदेखी उक्त होटल सञ्चालनमा आएको हो ।होटलका सञ्चालक शिवभक्त पोखरेलको अनुसार होटललाई अपाङ्गमैत्री बनाईएको छ ।
होटलमा प्रवेश गर्ने ¥याम्प देखी उनिहरुको लागी प्रयोग हुने कोठा तथा शौचालयहरुलाई अपाङ्गमैत्री बनाईएको उनले बताए । यस अतिरिक्त होटल प्रवेश गर्ने स्थानमा पर्यटकहरुले भैरहवाको मौलिक परिवेशको समेत अवलोकन गर्न पाउने छन् । यसको लागी होटल नजिकै रहेको गाउँको बाटो हुदै होटल प्रवेशको बाटो बनाईएको पोखरेलले जनाए । १० कठ्ठा क्षेत्रफलमा रहेको होटलमा हाल २५ जनाले रोजगार पाएका छन् । होटल पूर्ण रुपमा सञ्चालनमा आए यसमा रोजगारी पाउनेको संख्या ४५ जनासम्म पुग्ने होटल ब्यवस्थापनले जनाएको छ ।
गैर आवसिय नेपालीहरु जीवा लामिछाने, हरिबोल भण्डारी, गौरीराज जोशी र नेपाली नागरिक शिवभक्त पोखरेलको संयुक्त लगानीमा खोलिएको होटलमा थप लगानी गरि ४ तारे सम्म विस्तार गर्ने योजना रहेको छ । होटलका प्रोजेक्ट डाईरेक्टर देव कुमार खड्काले हाल होटलमा ४४ वटा कोठा रहेको बताए । हाल ५० करोडको लगानी रहे पनि भविष्यमा यसमा थप २० करोड रुपैया थपेर होटलमा क्यासिनो लगायतका सुविधा पनि थपिने खड्काको भनाई छ । होटललाई मनोरन्जन र धार्मिक पर्यटक तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरि बिमानस्थल नजिकै सञ्चालनमा ल्याईएको छ ।
१७ फाल्गुन २०७८, मंगलबार
प्रतिक्रिया