अन्तर्राष्ट्रिय

८५ हजार कि.मि. हिडेर प्राचिन कपिलवस्तु आईपुगे भद्रमुनि महाराज




कपिलवस्तु २० फागुन ।आफनो जीवनकालमा ८५ हजार किलोमिटर यात्रा तय गरेका जैन धर्मका साधक नेपाल केशरी डाक्टर मणि भद्रमुनि महाराज प्राचिन कपिलवस्तु आई पुगेका छन । सर्वदय शान्ति पद यात्राकोक्रमा उनी प्राचिन कपिलवस्तु आएका हुन । नेपालको पोखरा– बुटवल– भैरहवा हुदै लुम्बिनी पुगेर उनी बुद्धनगरी तौलिहवा आई पुगेका हुन । १५ बर्ष उमेरमा भारतको मेरठमा गई जैन धर्ममा लागको ५५ बर्षिय भद्रमुनी त्यस यता ४० बर्ष देखि बिना कुनै साधन प्रयोग गरी पैदल यात्रा नै गदै आएको बताउछन ।
उनीसंग सहायक बिराना मुनी महराज पनि यात्रामा सरिक छन । जैन धर्ममा एक ठाउबाट अर्को ठाउमा जान साधन प्रयोग नगरी पैदल मात्र हिडनु पर्ने नियम छ । स्याङजाको फेदीखोला ४ अरुखर्कका भद्रमुनी ब्रम्हण परिवारका हुन । भुटान नेपालको प्र्व २ पटक यात्रा गरु सकेका छन । यस्तै मुक्तिनाथको समेत पैदल यात्रा गरी सकेका उनी प्राचिन कपिलवस्तु भने पहिलो पट आएको बताउछन । मानव समेत नै सबै भन्दा ठुलोधर्म रहेको भन्दै उनले कुनै पनि धर्ममा अहिंसा र परोकरा नै महत्वपुाणर्् कुरा भएको बताउछन ।आजीवन ब्रम्हचारी समेत रहेको उनी तौलिहवा हुदै चन्द्रौ्रटा, दाङको लम्ही, नेपालगंज महेन्द्रनगर हुदै भारतीय सीमामा प्रबेश गर्ने बताउछन । प्राचिन कपिलवस्तुको जमुहामा भारतकालागि नेपाली पुर्वराजदु तथा कांग्रेस नेता दीप कुमार उपाध्यायले भद्रमुनीको स्वागत गरेका थिए । तौलिहवाको होटमला पामा बसेर उनले दिक्षा समेत दिएका थिए ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६