अन्तर्राष्ट्रिय

रुसले कब्जामा लियो युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र




फागुन २०, एनेन्सी
युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसले कब्जा गरेको छ । रुसले प्रहार गरेको बम विस्फोट हुँदा परमाणु केन्द्रमा आगलागी भएको थियो ।

आगलागी नियन्त्रणमा आइसकेको तर रुसी सेनाले परमाणु केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आणविक केन्द्रमा रहेका कर्मचारीहरुले त्यहाँ रहेको पावर युनिटहरूको अवस्थाबारे निरीक्षण गरिरहेका छन् ।

आगलागीबाट प्लान्टमा कुनै क्षति भने नपुगेको आणविक ऊर्जा केन्द्रका प्रवक्ता एन्ड्री तुजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यो आणविक केन्द्रमा ६ देशका १५ न्युक्लियर ऊर्जा रियाक्टर रहेको रोयटर्सले जनाएको छ ।

यदि ऊर्जा केन्द्रमा विस्फोट भयो भने त्यहाँ राखिएको वातावरण अनुकूलन प्रणालीले काम गर्न छाड्ने र केन्द्रमा रहेको रेडियोधर्मी पदार्थ हावामा मिसिँदा मानव समुदायमा ठूलो असर पुर्याउने हार्भर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम एलिसनलाई उदृत गर्दै सीएनएनले जनाएको छ । यो केन्द्र सन् १९८४ देखि सञ्चालनमा आएको हो।

यो ऊर्जा केन्द्रबाट पाँच हजार सात सय मेगावाट विद्युत् उत्पादन हुने गरेको सीएनएनले जनाएको छ।

प्रकाशित : २० फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६