एजेन्सी । युक्रेनको रक्षा मन्त्रालयले उमेरको परवाह नगरी नेपाली सहित बिश्वका सबै देशका ब्यक्तिहरुलाई सेनामा भर्ति हुन आह्वान गरेको छ ।जापान लगायत नेपालिहरु अहिले सेनामा भर्ती हुँदै आएका छन् । युक्रेनको सेनामा भर्ती हुन पासपोर्ट मात्रै भए पुग्ने जनाएको छ ।
उक्त घोषणा संगै नेपाली युवाहरु समेत युक्रेनको सेनामा भर्ती हुन पुगेका छन् ।त्यहाँको रक्षा बलले ट्वीट गर्दै आफ्ना सबै नागरिकलाई सेनामा सामेल हुन आह्वान गरेको हो । सेनाका कमाण्डर युरी गालुस्किनले जारी गरेको ट्वीटमा नाबालिगहरूलाई सेनामा सामेल गरिने उल्लेख गरिएको छ ।
‘आज, युक्रेनलाई सबै कुरा चाहिन्छ, सामेल हुने सबै प्रक्रियाहरू सरलीकृत छन्,’ ट्वीटमा भनिएको छ, ‘तपाईंको राहदानी र पहिचान नम्बर मात्र ल्याउनुहोस्, कुनै उमेर प्रतिबन्धहरू छैनन् ।’
युक्रेनको रक्षा मन्त्रालयको यो ट्वीले त्यहाँको अवस्था कस्तो छ भन्ने बयान गरिरहेको छ । रुसी सेनाको आक्रमणपछि युक्रेनबाट लाखौं मानिसले देश छोडिसकेका छन् ।
युक्रेनी सरकारले १६ वर्षदेखि ६० वर्षसम्मका मानिसलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । राष्ट्रपति जेलेनेस्कीले देशका लागि हरेक नागरिकले लड्नुपर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया