अर्थ-वाणिज्य

उज्यालो विनाको दिप र सिप विनाको मानिस अर्थहिन हुन्छ : अर्याल



कपिलवस्तु २१ फागुन । बाणगंगा नगरपालिका वडा नं.११ का वडा अध्यक्ष सोमनाथ अर्यालले उज्यालो विनाको दिप र सिप विनाको मानिसको जीवन अर्थहिन हुने बताउनुभएको छ । बाणगंगा नगरपालिका वडा नं.११ द्धारा आयोजित एक हप्ते डल तथा कुशन बनाउने तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सोमनाथ अर्यालले यस्तो बताउनुभएको हो । ‘उज्यालो विनाको दिप र सिप विनाको मानिसको जीवन अर्थहिन हुन्छ । त्यसैले हामीहरुले सिप सिक्न जरुरी छ ।’ उहाँले भन्नुभयो ।

सोही कारण वडा कार्यालयले प्रत्येक बर्ष दलित समुदायका युवायुवतीको अवश्यकतालाई मध्येनजर गरि विभिन्न किसिमका सिप विकास सम्बन्धि तालिम संचालन गरिरहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष अर्यालले तालिममा प्राप्त ज्ञान सिपलाई व्यवहारिक जीवनमा लागु गरि आयआर्जनको बाटोमा अघि बढ्न आग्रह समेत गर्नुभएको छ ।

वडा सदस्यहरुको आतिथ्यता रहेको तालिमको समापन कार्यक्रमको संचालन वसन्ती परियारले गर्नुभएको थियो ।

लक्ष्मी थारुले प्रशिक्षण प्रदान गर्नुभएको उक्त तालिममा १२ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुले वडाले आफ्नो जीवन स्तर उकास्न महत्वपूर्ण खेलेकोमा खुशी व्यक्त गर्दै वडालाई धन्यवाद दिए ।

प्रकाशित : २१ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६