काठमाडौं
२२-फागुन/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सावधानी अपनाउन छाड्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित हुन सकिन्छ । त्यसैले अझै पनि संक्रमणको जोखिम रहेकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।
आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि विगतमा गरिएजस्तै कडा रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने उनको जोड छ ।जनस्वास्थ्यको मापदण्डको पालना गर्नाले कोभिड-१९ को मात्रै नभई अन्य प्रकारको संक्रामक रोगहरुबाट समेत बच्न सकिने भएकाले मापदण्ड परिपालनामा निरन्तरता दिनुपर्ने उनले बताए ।
प्रतिक्रिया